कांग्रेस आधिकारिकता विवाद : विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न, आयोगको भूमिकामाथि कर्णको जिकिर
बिहीबार, ०३ वैशाख २०८३, १३ : ५५
सारांश
- नेपाली कांग्रेसको आधिकारिकता विवादमा अधिवक्ता पंकज कर्णले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाएका छन्।
- महामन्त्रीले अधिवेशन आह्वान गर्न नसक्ने र विधान अनुसार दुई तिहाइले मात्र पदाधिकारी हटाउन सक्ने उनको जिकिर छ।
- उनले २०५९ सालको नजिर पेस गर्दै निर्वाचन आयोगको निर्णयमाथि सर्वोच्च अदालतमा प्रश्न उठाएका छन्।
काठमाडौँ । नेपाली कांग्रेसको आधिकारिकता विवाद सम्बन्धी मुद्दामा अधिवक्ता पंकज कर्णले विशेष महाधिवेशनको औचित्यमाथि प्रश्न उठाउँदै महामन्त्रीको काम निर्णय कार्यान्वयन गर्ने मात्रै भएकाले अधिवेशन आह्वान गर्न नसक्ने जिकिर गरेका छन् ।
बिहीबार यससम्बन्धी मुद्दामा सर्वोच्च अदालतमा भएको बहसमा उनले पार्टीको विधान अनुसार दुई तिहाइले अविश्वास ल्याए मात्रै हटाउन सक्ने उनले जिकिर गरे । पार्टीको पुरानै विधानमा रहेर नयाँ कार्यसमितिलाई मान्यता दिन कसरी मिल्छ ? भनी उनले प्रश्न गरे ।
उनले यसअघि २०५९ सालमा निर्वाचन आयोगले शेरबहादुर देउवाले विशेष महाधिवेशन गर्दा मान्यता नदिएको जिकिर गर्दै अहिले त्यही अवस्थामा आयोगले कांग्रेसको आधिकारिकता थापा पक्षलाई दिन कसरी मिल्छ ? भनी इजलासमा प्रश्न गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण