संसदीय दलको बैठक
रास्वपा संसदीय दलको उपनेतामा गणेश पराजुली चयन
बिहीबार, ०३ वैशाख २०८३, १५ : ३५
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टीले गणेश पराजुलीलाई संसदीय दलको उपनेतामा चयन गरेको छ।
- पार्टीको बिहीबार बसेको बैठकले मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटीलाई नियुक्त गरेको छ।
- सचेतकको जिम्मेवारी प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई दिइएको छ।
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) संसदीय दलको उपनेतामा प्रतिनिधि सभा सदस्य गणेश पराजुली चयन भएका छन् ।
बिहीबार बसेको पार्टीको संसदीय दलको बैठकले संसदीय दलको उपनेता, मुख्य सचेतक र सचेतक चयन गरेको हो ।
‘गणेश पराजुली संसदीय दलको उपनेता, मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी तथा सचेतकमा प्रकाशचन्द्र परियार र क्रान्तिशिखा धिताललाई तोकिएको छ’, महामन्त्री समेत रहेका कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाका वरिष्ठ नेता एवं प्रधानमन्त्री बालेन्द्र शाह दल नेता हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण