अवैध रूपमा भित्रिने माछा नियन्त्रण गर्न निर्देशन, तीन दिनभित्र प्रतिवेदन माग
सारांश
- पशु सेवा विभागले भारतबाट अवैध रूपमा भित्रिने पङ्गस माछाको आयात र बिक्री वितरण नियन्त्रण गर्न निर्देशन दिएको छ।
- नेपाली किसानहरूको गुनासोका आधारमा मोरङ, सुनसरी र झापाका नाकाहरूबाट माछा भित्रिने क्रम बढेको विभागले जनाएको छ।
- विभागले स्थानीय प्रशासन र सुरक्षा निकायसँग समन्वय गरी तीन दिनभित्र यथार्थ अवस्थाको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ।
काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय अन्तर्गत पशु सेवा विभागले भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गस माछा आयातमा तथा बिक्री वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।
कृषि र वन तथा वातावरण मन्त्री गिता चौधरीले नेपाली कृषि उत्पादनलाई प्राथमिकता दिन र खाद्य स्वच्छतामा विशेष ध्यान दिन यसअघि सातै प्रदेश तथा सम्बन्धित निकायलाई दिएको निर्देशनअनुसार भारतबाट अवैध रूपमा नेपाल भित्रिने पङ्गास माछाको आयात तथा बिक्री वितरण नियन्त्रण गर्न सम्बन्धित निकायलाई निर्देशन दिइएको हो ।
विभागले मोरङ, सुनसरी र झापा जिल्लाका माछापालक किसान तथा व्यवसायीहरूको गुनासोका आधारमा भारतबाट अवैध रूपमा पङ्गास लगायत अन्य माछा नेपाल भित्रिने क्रम बढेको जनाएको छ ।
सुनसरीको अमडुवा फार्म, सिक्ती बोर्डर, मोरङका दुमरिया, धनपालथान, मिल्स एरिया, हुलास मेटल क्षेत्र तथा झापाका बलुवागढी र काँकडभिट्टा नाकाबाट माछा भित्र्याइएको पाइएको छ ।
ती माछा विराटनगर, इटहरी, इनरुवा, धरान लगायतका बजारमा खुलेआम बिक्री भइरहेको गुनासो प्राप्त भएको विभागले जनाएको छ । पशु क्वारेन्टाइन कार्यालय काँकडभिट्टा तथा विराटनगरलाई स्थानीय प्रशासन, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा सरोकारवाला निकायसँग समन्वय गरी यथार्थ अवस्था अध्ययन र स्थलगत अनुगमन गर्न निर्देशन दिइएको छ । सोको ३ दिनमा प्रतिवेदन माग समेत गरिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
-
निजी शिक्षामा करभन्दा शिक्षा प्रणालीको संरचनामै बहस गर्नुपर्छ : बाबुराम भट्टराई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण