कुवेतमा अलपत्र नेपालीलाई साउदी हुँदै फर्कन अनुमति, ट्रान्जिट भिसा स्वीकृत
सारांश
- कुवेतमा अलपत्र परेका नेपाली नागरिकलाई साउदी अरेबिया हुँदै स्वदेश फर्कन ट्रान्जिट भिसा स्वीकृत गरिएको छ।
- साउदी अरेबिया प्रवेश गरेको तीन दिनभित्र नेपाल फर्कने गरी भिसाको व्यवस्था मिलाइएको छ।
काठमाडौँ । कुवेतमा भिसा तथा सिभिल आईडी रद्द भई स्वदेश फर्कन समस्या भोगिरहेका नेपाली नागरिकलाई साउदी अरेवियाको बाटो हुँदै नेपाल फर्कन ट्रान्जिट भिसा स्वीकृत गरिएको छ ।
कुवेतस्थित नेपाली राजदूतावासले बिहीबार जारी गरेको विज्ञप्तिअ
नुसार कुवेतको हवाईक्षेत्र बन्द भएका कारण नेपाल फर्कन समस्या भएका, भिसा १ वा भिसा १४ लिएका तथा भिसा/सिभिल आईडी रद्द भएका नेपाली नागरिकहरूका लागि साउदी अरेविया हुँदै नेपाल फर्कन भिसा सहजीकरण गरिएको हो ।
राजदूतावासका अनुसार दूतावासमा आवेदन दिएका व्यक्तिहरूमध्ये संलग्न सूचीअनुसारका नेपाली नागरिकहरूको साउदी अरेवियाको ट्रान्जिट भिसा स्वीकृत भएको छ । ट्रान्जिट भिसाको अवधि सीमित हुने भएकाले स्वीकृत भएका नागरिकलाई यथाशीघ्र साउदी हुँदै नेपाल फर्कने प्रक्रिया अघि बढाउन आग्रह गरिएको छ ।
विज्ञप्तिअनुसार कुवेतबाट यात्रा गर्ने यात्रुहरूलाई साउदीको नुवाइसिब वा साल्मी सीमा नाकामा ट्रान्जिट भिसा उपलब्ध हुनेछ । त्यस्तै, इराकबाट यात्रा गर्ने यात्रुहरूका हकमा सम्बन्धित इराक–साउदी सीमा नाकामा ट्रान्जिट भिसा उपलब्ध गराइने दूतावासले जनाएको छ ।
साथै, ट्रान्जिट भिसाको म्याद ७ दिनको हुने र २३ अप्रिल २०२६ भित्र साउदी अरेविया प्रवेश गरिसक्नुपर्नेछ । साउदी अरेविया प्रवेश गरेपछि भने ३ दिनभित्र साउदीबाट प्रस्थान गरिसक्नुपर्ने राजदूतावासले स्पष्ट पारेको छ ।
राजदूतावासले सम्बन्धित सबै नेपाली नागरिकलाई निर्धारित समयभित्र यात्रा प्रक्रिया पूरा गर्न अनुरोध गरेको छ।


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढिरहेका छन् दर्शक, तर छैन नाटकबाटै गुजारा चल्ने अवस्था
-
वेस्ट इन्डिजविरुद्ध श्रीलङ्काको विजयी सुरुआत
-
भक्तपुरको विद्यालयमा भीषण आगलागी, दुई तला क्षतिग्रस्त
-
ट्रम्प–नेतन्याहुबिचको ‘कडा’ फोन वार्ताले इरानसँगको वार्ता जटिल बनायो
-
राष्ट्रसङ्घीय विकास प्रणालीलाई सुदृढ गर्नुपर्नेमा नेपालको जोड
-
एसियन गेम्स छनोट : मलेसियालाई हराउँदै समूह ‘ए’ को शीर्ष स्थान कब्जा गर्ने नेपालको दाउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण