बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय

‘प्रकोप नेपालको डीएनएमा छ’

शुक्रबार, ०४ वैशाख २०८३, ११ : १७
शुक्रबार, ०४ वैशाख २०८३

सारांश

  • चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालको भौगोलिक अवस्थाका कारण विपद् व्यवस्थापनमा चुस्त कार्य आवश्यक रहेको बताएका छन्।
  • उनले सशस्त्र प्रहरी बलले सीमित स्रोत साधनका बाबजुद विपद् व्यवस्थापनमा पुर्‍याएको योगदानको प्रशंसा गरेका छन्।
  • अर्यालले सशस्त्र प्रहरी बलको शिक्षालयलाई स्रोत साधनयुक्त बनाई उत्कृष्ट केन्द्रको रूपमा विकास गर्न आग्रह गरेका छन्।

चितवन । चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले नेपालको भौगोलिक र मौसमी अवस्थितिका कारण विपद् व्यवस्थापनमा चुस्त र स्मार्ट कार्य नै अहिलेको मुख्य आवश्यकता रहेको बताएका छन् ।  सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयको २२ औँ स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अर्यालले नेपाल जस्तो सीमित स्रोत साधन भएको देशले पूर्व तयारीमा ठुलो लगानी गर्न नसक्ने यथार्थलाई स्विकार्दै उद्धार र राहतमा व्यवस्थापकीय चुस्तता अपनाउनु नै बुद्धिमत्तापूर्ण विकल्प भएको बताएका हुन् । 

विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी बलले पुर्‍याएको योगदानको कदर गर्दै उनले सुरक्षाकर्मीहरूले गरिरहेको कार्यलाई ‘उत्कृष्ट र स्मार्ट’ को संज्ञा दिए । अर्यालले विपद्को समयमा एपीएफ संस्थाप्रति आम नागरिकको निकै ठुलो अपेक्षा रहने तर यथार्थमा स्रोत साधनको अभावका बिच काम गर्नुपर्ने बाध्यता रहेको जिकिर गरे । 

प्रजिअ अर्यालले भने, ‘वर्षा होस् वा हिउँद, हिमालदेखि तराईसम्म नेपाल प्रकोपको दृष्टिकोणले अत्यन्तै संवेदनशील स्थानमा छ । यस्तो लाग्छ, प्रकोप नेपालको डीएनएमा छ । देशका विभिन्न स्थानमा खटिनुहुने सशस्त्र प्रहरीका साथीहरूले जुन उत्साहका साथ कार्य गर्नुभएको छ, त्यो साँच्चै प्रशंसनीय र उदाहरणीय छ ।’

शिक्षालयलाई आगामी दिनमा अझ परिष्कृत र सुविधा सम्पन्न बनाउनुपर्नेमा अर्यालले जोड दिए । उनले संगठन प्रमुखलाई यस शिक्षालयलाई साधन स्रोत र जनशक्तिले युक्त बनाएर विपद् व्यवस्थापनको क्षेत्रमा ‘सेन्टर अफ एक्सिलेन्स’ र ‘स्मार्ट अर्गनाइजेसन’को रूपमा विकास गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्न आग्रह समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप