घाँसको भारीसँगै कर्णालीमा बेपत्ता बाबु-छोरा अझै फेला परेनन्
शुक्रबार, ०४ वैशाख २०८३, १३ : ४४
सारांश
- अछामको तुर्माखाँदका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढा कर्णाली नदीमा डुङ्गा पल्टिँदा बेपत्ता भएका छन्।
- सुरक्षा निकायका आधा दर्जन युनिटले बेपत्ता बाबु-छोराको खोजी कार्य तीव्र पारेका छन्।
- नदीको तीव्र बहाव र भौगोलिक विकटताका कारण खोजी कार्यमा कठिनाइ भइरहेको छ।
अछाम । एक भारी घाँसका लागि कर्णाली तरेका अछाम तुर्माखाँदका ३५ वर्षीय पहलसिंह बुढा र उनका ११ वर्षीय छोरा नरी बुढाको अवस्था अझै अज्ञात छ। बिहीबार साँझ सुर्खेतबाट घाँस लिएर फर्कने क्रममा डुङ्गा पल्टिएर बेपत्ता भएका उनीहरूको खोजीमा अहिले सुरक्षा निकायका आधा दर्जन युनिट परिचालन गरिएका छन्।
पहलसिंह आफैँले चलाएको डुङ्गा कर्णालीको बिच भागमा पुगेपछि अनियन्त्रित भई पल्टिएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। जिल्ला प्रहरी कार्यालय अछामका डीएसपी ओमप्रकाश खनालका अनुसार, घटनास्थलमा सशस्त्र प्रहरीको विपद् उद्धार तालिमप्राप्त टोलीसहित नेपाल प्रहरीका चार वटा युनिटले खोजी कार्यलाई तीव्रता दिएका छन् ।
नदीको तीव्र बहाव र भौगोलिक विकटताका कारण खोजीमा कठिनाइ भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यी हुन् गोल्डेन बल, बुट र ग्लोभ्स जित्ने खेलाडी, कुबार्सी उत्कृष्ट युवा खेलाडी
-
१९ वर्षकै उमेरमा यमालले रचे इतिहास
-
एम्बाप्पेलाई गोल्डेन बुटः विश्वकप इतिहासकै सर्वकालीन सर्वाधिक गोलकर्ता बन्दै रचे नयाँ इतिहास
-
स्पेनसँग पराजित भएपछि अर्जेन्टिनाका प्रशिक्षक स्कालोनीले भने, ‘हार स्विकार्न जान्नुपर्छ’
-
एन्जो फर्नान्डेजको त्यो ट्याकल, जसले अर्जेन्टिनालाई विश्वकप गुमाउन बाध्य बनायो
-
न्युजर्सीमा स्पेनले विश्वकपको ट्रफी उचाल्दा... (फोटोफिचर)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण