रामेछापमा भूतपूर्व सैनिक सम्मेलन सम्पन्न : १०२ वर्षीया नरमाया कार्की सम्मानित
सारांश
- रामेछापमा नेपाली सेनाद्वारा आयोजित भूतपूर्व सैनिक सम्मेलन-२०८२ सम्पन्न भएको छ।
- सम्मेलनमा १०२ वर्षीया नरमाया कार्कीलाई ज्येष्ठ शताब्दी महिलाका रूपमा विशेष अभिनन्दन गरिएको छ।
- कार्यक्रममा ज्येष्ठ भूतपूर्व सैनिक, अभिभावक र फरक क्षमता भएका व्यक्तिहरूलाई सम्मान तथा सहयोग प्रदान गरिएको छ।
रामेछाप । नेपाली सेनाको मध्यपूर्वी पृतना अन्तर्गतका हिमाली र पहाडी जिल्लामा बसोबास गर्ने भूतपूर्व सैनिक तथा एकल महिलाहरूको सहभागितामा ‘भूतपूर्व सैनिक सम्मेलन–२०८२’ को अन्तिम चरण रामेछापमा सम्पन्न भएको छ।
‘सैनिक पुनर्मिलन, हिताधिकारीको कल्याण र कोषको दिगोपन’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको मुख्य केन्द्र रामेछापको खड्गदल गणमा बलाधिकृत रथी प्रदिपजंग केसीले नेतृत्व गरेका थिए । सम्मेलनमा सो क्षेत्रका करिब ६ हजार ५०० अवकाश प्राप्त सैनिक र उनीहरूका परिवारको उपस्थिति थियो।
सम्मेलनका अवसरमा १०२ वर्षीया एकल महिला नरमाया कार्कीलाई ‘ज्येष्ठ शताब्दी महिला’ का रूपमा विशेष अभिनन्दन गरियो। यस्तै, आफ्ना चार सन्तानलाई नेपाली सेनामा सेवा गर्न प्रेरित गर्ने चार जना अभिभावक, ज्येष्ठ भूतपूर्व सैनिक र उत्कृष्ट उद्यमीहरूलाई पनि प्रशंसा–पत्र र पुरस्कार वितरण गरिएको थियो। फरक क्षमता भएका २४ जना भूतपूर्व सैनिकहरूलाई ह्विलचेयर र बैसाखी समेत प्रदान गरियो।
नेपाली सेनाले यस प्रकारको कार्यक्रमले सेवारत र अवकाश प्राप्त सैनिकहरूबिचको सम्बन्ध प्रगाढ बनाउने विश्वास लिएको छ। सम्मेलनमार्फत सङ्कलित सुझावहरूले कल्याणकारी कोषको सेवालाई शिक्षा, स्वास्थ्य र स्वरोजगारका क्षेत्रमा थप प्रभावकारी बनाउन मद्दत पुग्ने सेनाले जनाएको छ।
यससँगै आर्थिक वर्ष २०८२/०८३ का लागि तय गरिएका भूतपूर्व सैनिक सम्मेलनका शृङ्खलाहरू औपचारिक रूपमा सम्पन्न भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले शनिबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पुनः पाइला टेक्दैछुः देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण