चट्याङ लागेर किसानको मृत्यु
शनिबार, ०५ वैशाख २०८३, २३ : ३०
सारांश
- बारामा चट्याङ लागेर एक किसानको मृत्यु भयो।
- मृत्यु हुनेमा कोल्हवीका लुटावन चौधरी रहेको प्रहरीले जनाएको छ।
- घटनास्थलमै घाइते भएका चौधरीलाई घर लैजाँदा मृत्यु भयो।
बारा । बारामा चट्याङ लागेर एक किसानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
मृत्यु हुनेमा जिल्लाको कोल्हवी नगरपालिका–५ सोनाभारका ३२ वर्षीय लुटावन चौधरी रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विजयराज पण्डितले जानकारी दिए । खेतमा काम गरिरहेका उनलाई चट्याङ लागेको हो ।
प्रहरीका अनुसार ठुलो हुरी बताससहित आएको वर्षाका क्रममा छठिघाट नजिकको खेतमा काम गरिरहेका बेला चौधरीलाई चट्याङ लागेको हो । चट्याङ लागेपछि उनी खेतमै ढलेका थिए । घटनास्थलमै गम्भीर घाइते भएका चौधरीलाई सँगै रहेका स्थानीयले तत्कालै घरतर्फ लगेका थिए । तर घर पुर्याउँदा उनको मृत्यु भइसकेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ । मृतक चौधरीका श्रीमती र दुई छोरा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
१० बजे १० समाचार : टिकटकर अधिकारी जेलमा, कैदीलाई होटलमा लगेर मासु र बियर
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण