तराईमा बढ्दै तापक्रम
सारांश
- तराईमा तापक्रम बढ्दै गएको छ, मौसम विभागले जानकारी दिएको छ।
- नेपालगन्जमा अधिकतम तापक्रम ४०.३ डिग्री सेल्सियस मापन गरिएको छ।
- उच्च पहाडी क्षेत्रमा वर्षा भइरहेको छ।
काठमाडौँ । नेपालमा कतै भारी वर्षा भइरहँदा तराईमा भने तापक्रम बढ्दो क्रममा छ । तातो अझै बढ्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
विभागका मौसमविद् सरोज पुडासैनीका अनुसार मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभाग साथै उपत्यका र खोँचहरूमा तातो दिन तथा सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेशका पश्चिमी तराईमा तातो लहर चल्ने सम्भावना रहेको बताए ।
विभागको अद्यावधिक सूचना हेरेर आवश्यक सतर्कता अपनाउन सबैमा अनुरोध गरिएको छ । विभागमा आइतबार साँझ प्राप्त विवरणअनुसार सबैभन्दा बढी नेपालगन्जमा अधिकतम तापक्रम ४०.३ डिग्री मापन भएको छ । शनिबार नेपालगन्जमा ३९ डिग्री मापन गरिएको थियो ।
दिपायलमा पनि ४० डिग्री तापक्रम मापन भएको छ । दिपायलमा हिजो ३८.८ डिग्री मापन गरिएको थियो । शनिबार धनगढीमा ३८.२ डिग्री तापक्रम रहेकामा आइतबार बढेर ३९.४ डिग्रीमा पुगेको छ । काठमाडौँमा शनिबार २८.४ रहेकामा आइतबार बढेर २९ डिग्री मापन गरिएको छ ।
उच्च पहाडी तथा हिमाली क्षेत्रका केही ठाउँहरूमा भने वर्षा पनि भइरहेको छ । केही जिल्लामा भारी वर्षासमेत भएको छ । कास्कीमा ५७।४ र सिन्धुपाल्चोकमा ६८।४ मिलिमिटर वर्षा भएको छ । यस्तै गोरखा, लमजुङ, सोलुखुम्बु खोटाङ, धनकुटा, सङ्खुवासभामा मध्यम वर्षा भएको छ भने अन्य धेरै स्थानमा हल्का वर्षा भएको छ ।
अहिले नेपालमा पश्चिम क्षेत्रमा भन्दा पूर्वमा मौसम परिवर्तन भएको छ । भोलि सोमबार कोशी प्रदेशलगायत बाँकी पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्ने र तराई भूभागमा आंशिक बादल लाग्ने विभागले आज साँझ जारी गरेको बुलेटिनमा उल्लेख छ ।
कोशी र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागलगायत देशका बाँकी हिमाली भूभागका थोरै स्थान तथा बागमती र लुम्बिनी प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।
यता मधेस प्रदेशलगायत बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई साथै उपत्यका र खोँचहरूमा तातो दिन हुने सम्भावना रहेको विभागले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरा बसपार्कका सुकुमबासी सार्न प्रस्ताव गरिएका यी हुन् ६ ठाउँ
-
श्रीलङ्का केयर होम आगलागी: प्रबन्धक पक्राउ
-
अनौपचारिक श्रम बजारमा ज्याला ठगी संरचनागत समस्या : अध्ययन
-
पोखरा बसपार्क क्षेत्रका घर नभत्काउन उच्च अदालतको अल्पकालीन आदेश
-
बागमतीमा ८ मन्त्रालयअन्तर्गत १९१ कार्यालय कायम (नामसहित)
-
चिकित्सक लाइसेन्स परीक्षा : विदेशबाट अध्ययन गरी फर्किएका अधिकांश परीक्षार्थी फेल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण