शुक्रबार, ०५ असार २०८३
ताजा लोकप्रिय

भ्रष्टाचार मुद्दामा नेतन्याहुको बयान स्थगित

सोमबार, ०७ वैशाख २०८३, ११ : ०७
सोमबार, ०७ वैशाख २०८३

सारांश

  • इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचार मुद्दामा दिने भनिएको बयान अदालतले स्थगित गरेको छ।
  • सुरक्षा र कूटनीतिक कारण देखाउँदै नेतन्याहुका वकिलले गरेको अनुरोधलाई अदालतले स्वीकार गरेको हो।
  • गाजा, लेबनान र इरानसँगको द्वन्द्वका कारण यसअघि पनि अदालतमा हुने सुनुवाइ पटक-पटक सर्दै आएका छन्।

जेरुसेलम । जेरुसेलमको एउटा अदालतले इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुको भ्रष्टाचार मुद्दामा दिने भनिएको बयान यस हप्ताका लागि रद्द गर्ने निर्णय गरेको छ ।

स्थानीय सञ्चारमाध्यमका अनुसार नेतान्याहुको पक्षका वकिलले ‘सुरक्षा र कूटनीतिक कारण’ देखाउँदै बयान स्थगित गर्न अनुरोध गरेका थिए, जसलाई अदालतले स्वीकार गरेको हो ।

हाल उक्त मुद्दा नेतन्याहुको बयानमाथिको जिरहको चरणमा रहेको छ । उनीमाथि सन् २०१९ देखि सम्बन्धित तीन वटा भ्रष्टाचार आरोपमा मुद्दा चलिरहेको छ ।

यो घटनालाई पछिल्लो समय भइरहेका स्थगनको निरन्तरताको रूपमा हेरिएको छ । यसअघि पनि अदालतमा नेतन्याहुका उपस्थितिहरू पटक–पटक सारिँदै आएका छन् ।

यी ढिलाइहरू प्रायः गाजा, लेबनान र इरानसँग सम्बन्धित द्वन्द्व र युद्ध परिस्थितिसँग जोडिएका छन्, जसलाई कारण देखाउँदै सुनुवाइहरू स्थगित हुँदै आएका छन् ।

विश्लेषकहरूका अनुसार लगातार भइरहेको स्थगनले मुद्दाको प्रक्रियामा थप जटिलता ल्याउन सक्ने देखिन्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप