प्रहरी प्रशिक्षण प्रतिष्ठानले ११४ रोपनी जग्गा पुनः प्राप्त गरेपछि प्रहरी महानिरीक्षकको कृतज्ञता
सारांश
- नेपाल सरकारले काठमाडौँको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गरेको छ।
- प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सरकारको यो निर्णयलाई प्रहरी सङ्गठनको सुदृढीकरणका लागि महत्त्वपूर्ण उपलब्धि भन्दै कृतज्ञता व्यक्त गरेका छन्।
काठमाडौँ । नेपाल सरकारले काठमाडौँको महाराजगन्जस्थित राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ११४ रोपनी ३ आना जग्गा पुनः प्रतिष्ठानकै स्वामित्वमा कायम गर्ने निर्णय गरेको प्रति प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कृतज्ञता व्यक्त गरेका छन् ।
वैशाख १० गते मन्त्रिपरिषद्बाट भएको उक्त निर्णयलाई प्रहरी सङ्गठनको संस्थागत सुदृढीकरणका लागि अत्यन्त महत्त्वपूर्ण र दूरगामी उपलब्धि मानेको उनले उल्लेख गरेका छन् ।
कार्कीले एक सन्देश जारी गर्दै भनेका छन्– 'नेपाल प्रहरीको ऐतिहासिक विरासत, संस्थागत गौरव तथा व्यावसायिक उत्कृष्टताको धरोहरका रूपमा स्थापित प्रतिष्ठानको जग्गा पूर्ववत् रूपमै कायम हुँदा यसले दीर्घकालीन भौतिक पूर्वाधार विकास र व्यावसायिक दक्षता अभिवृद्धिमा सकारात्मक प्रभाव पार्ने विश्वास प्रहरीले लिएको छ। '
प्रतिष्ठानको जग्गा संरक्षण र फिर्ता ल्याउने कार्यका लागि विगत लामो समयदेखि निरन्तर पहल गर्दै आउने अवकाशप्राप्त अग्रज प्रहरी अधिकृतहरूको योगदानको पनि उनले स्मरण गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिफा वरीयताको शीर्ष स्थानमा उक्लियो स्पेन, अर्जेन्टिनालाई उछिन्दै फ्रान्स दोस्रोमा
-
आठौँ सेमिफाइनलमा फ्रान्स स्तब्ध: यस्तो छ विश्वकप अन्तिम चारमा फ्रान्सको उतारचढावपूर्ण इतिहास
-
स्पेनको शानदार जित, फाइनल पुग्न सकेन फ्रान्स
-
पेड्रो पोरोको गोलसँगै स्पेनको अग्रता दोब्बर, फ्रान्सविरुद्ध २-० को बलियो स्थिति
-
पहिलो हाफमा निरीह देखिए एम्बापे, विपक्षी बक्समा बल छुनै मुस्किल
-
पहिलो हाफ सकिँदा स्पेनको अग्रता, ओयारजाबालको पेनाल्टी गोलमा फ्रान्स पछि
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण