इजरायलका पूर्वप्रधानमन्त्री नेफ्ताली बेननेट र येर ल्यापिडको पार्टीबिच एकता
सारांश
- इजरायलका पूर्वप्रधानमन्त्री नेफ्ताली बेननेट र विपक्षी दलका नेता येर ल्यापिडले सन् २०२६ को चुनावमा संयुक्त रूपमा भाग लिनका लागि आफ्नो दलबीच एकता गरेका छन् ।
- नयाँ दलको नाम ‘टुगेदर’ राखिएको छ र यसको नेतृत्व नेफ्ताली बेननेटले गर्नेछन् ।
- यस एकताले सुधारवादी समूहलाई एकताबद्ध गर्दै आगामी चुनावमा निर्णायक जित हासिल गर्ने लक्ष्य राखेको छ ।
तेल अभिभ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले इरान युद्धलाई लिएर पहिले नै आलोचना खेपिरहेका छन् । उनको समस्या अरू बढ्ने देखिएको छ । देशका दुई प्रमुख विपक्षी दलहरूबिच एकता भएको छ ।
सन् २०२६ मा हुन लागेको चुनावमा संयुक्त रूपमा भाग लिन पूर्वप्रधानमन्त्री नेफ्ताली बेननेट र विपक्षी दलका नेता येर ल्यापिडले आफ्नो– आफ्नो दलबिच एकता गरेका हुन् ।
नयाँ दलको नाम ‘टुगेदर’ राखिएको छ । पार्टीको नेतृत्व नेफ्तालीले गर्नेछन् । यो कदमलाई इजरायललाई एकतातर्फ लैजाने र विभाजन अन्त्य गर्ने प्रयास भनिएको छ । यसले सुधारवादी समूहलाई एकताबद्ध गर्दै आगामी चुनावमा निर्णायक जित हासिल गर्ने लक्ष्य राखेको बताइएको छ ।
हालैको सर्वेक्षणअनुसार बेननेटको दल सत्तारूढ प्रधानमन्त्री बेन्जामिन नृेतन्याहुको लिकुडसँग कडा प्रतिस्पर्धामा देखिएको छ । उक्त सर्वेक्षणमा दुवै दलले करिब २४ सिट प्राप्त गर्ने अनुमान गरिएको छ भने यस एटिडलाई ७ सिट प्राप्त हुने देखिएको छ ।
बेननेटले यसलाई ऐतिहासिक कदम भनेका छन् । यसअघि बेननेटले यशर पार्टीका प्रमुख गादी आइसेनकोटसँग पनि नयाँ संयुक्त दल गठनबारे छलफल गरेको बताइएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विभेदरहित समाज नै समृद्ध नेपाल निर्माणको आधार हो: उपराष्ट्रपति
-
बिहीबार यस्ताे छ विदेशी मुद्राको विनिमय दर
-
राष्ट्रपति पौडेलद्वारा जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसको शुभकामना
-
वडा कार्यालय र स्वास्थ्य चौकी भवन शिलान्यास
-
समयमै काम नगर्ने निर्माण व्यवसायीको ठेक्का सम्झौता रद्द
-
बालश्रम रोकथामका लागि ठमेलका स्पा र मसाज सेन्टरमा अनुगमन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण