राष्ट्रपति पौडेल गृहजिल्ला तनहुँ पुगे
सोमबार, १४ वैशाख २०८३, १३ : ५१
सारांश
- राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् ।
- तनहुँवासीले राष्ट्रपति पौडेललाई दमौलीमा भव्य स्वागत गरेका छन् ।
- राष्ट्रपति पौडेल भानु साहित्य उद्यानको शिलान्यास गर्न तनहुँ गएका हुन् ।
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल आफ्नो गृहजिल्ला तनहुँ पुगेका छन् । राष्ट्रपति सोमबार गृह जिल्ला पुग्दा पौडेललाई तनहुँवासीले भव्य स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेललाई दमौलीमा तनहुँ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य श्रीराम न्यौपाने, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख जिल्ला अधिकारी शिवलाल तिवारी लगायतका जनप्रतिनिधि र उच्च पदस्थ अधिकारीहरूले स्वागत गरेका छन् ।
राष्ट्रपति पौडेल भानु साहित्य उद्यानको शिलान्यास गर्न तनहुँ गएको राष्ट्रपतिको निजी सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
-
नेपालमै पहिलो पटक ललितपुर ३ मा एआई सेवा, फोनबाटै जानकारी र गुनासो दर्ता
-
शिक्षा र स्वास्थ्य समता शुल्क लागू नगर्ने सरकारको निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण