सरकारले १२० जनालाई नि:शुल्क तालिम दिँदै
मङ्गलबार, १५ वैशाख २०८३, ०७ : २७
सारांश
- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ।
- दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले केन्द्रले बार टेन्डर, कम्प्युटर अपरेटर, कटाइ सिलाई, ब्युटिसियन, बेकर र वारिष्टा गरी ६ विधामा तालिम सञ्चालन गर्नेछ।
- प्रत्येक विषयमा २० जनाको कोटा रहनेछ र इच्छुक व्यक्तिले आगामी २०८३ वैशाख २९ गतेभित्र आवेदन दिनुपर्नेछ।
काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गतको व्यावसायिक प्रशिक्षण केन्द्र, इटहरीले १२० जना नेपाली नागरिकलाई विभिन्न सीपमूलक तालिम निःशुल्क प्रदान गर्ने भएको छ।
केन्द्रले दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले ६ वटा फरक-फरक विधामा तालिम सञ्चालन गर्न लागेको हो।
सूचना अनुसार बार टेन्डर, कम्प्युटर अपरेटर (बेसिक), एडभान्स कटाइ सिलाई, एडभान्स ब्युटिसियन, बेकर र वारिष्टा विषयमा तालिम दिइनेछ। प्रत्येक विषयका लागि २० जनाको कोटा निर्धारण गरिएको छ।
तालिममा सहभागी हुन इच्छुक व्यक्तिले आगामी २०८३ वैशाख २९ गतेभित्र आवेदन दिनुपर्ने मंगलबार जारी सूचनमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण