भक्तपुरमा लागूऔषधसहित एक जना पक्राउ
सारांश
- भक्तपुर प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ ।
- सूर्यविनायक नगरपालिका–५ सल्लाघारीमा चेकजाँचका क्रममा सिन्धुलीका प्रकाश पाख्रिनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
- प्रहरीले स्कुटरको खानतलासी गर्दा डाइजोपाम, नोर्फिन, फेनेरागन, ट्रामाडोल, नाइट्राभेटलगायतका लागूऔषध र नगद बरामद गरेको छ ।
भक्तपुर । जिल्ला प्रहरी परिसर भक्तपुरले ठूलो परिमाणको अवैध लागूऔषधसहित एक युवकलाई नियन्त्रणमा लिएको छ । हिजो साँझ सूर्यविनायक नगरपालिका–५ सल्लाघारीस्थित सडक खण्डमा चेकजाँच गर्ने क्रममा प्रहरीले उनलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सिन्धुली जिल्लाको हरिहरपुर गाउँपालिका– ८ घर भई हाल भक्तपुरको दार्जिलिङ हाइट बस्ने ३० वर्षीय प्रकाश पाख्रिन रहेका छन् ।
प्रहरी प्रभाग ब्यासीबाट खटिएको प्रहरी टोलीले पाख्रिनले चलाएको बा.प्र.०२-०६४ प ४९८५ नम्बरको स्कुटरलाई रोकेर खानतलासी गर्दा लुकाईछिपाई ल्याएको अवस्थामा ठूलो परिमाणमा लागूऔषध बरामद भएको थियो ।
बरामद गरिएका सामग्रीहरू
१, डाइजोपाम – १०३ एम्पुल
२, नोर्फिन – १०३ एम्पुल
३, फेनेरागन – १०३ एम्पुल
४, ट्रामाडोल – ८५० ट्याब्लेट
५, नाइट्राभेट – २१० ट्याब्लेट
६, नेपाली नगद – २८,२५० रुपैयाँ
जिल्ला प्रहरी परिसर भक्तपुरका निमित्त सूचना अधिकारी प्रहरी निरीक्षक शुभेश अधिकारीका अनुसार पक्राउ परेका पाख्रिन र उनले प्रयोग गरेको स्कुटरलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य अगाडि बढाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण