इन्डोनेसियामा रेल दुर्घटनामा मृत्यु हुनेको संख्या १४ पुग्यो
सारांश
- इन्डोनेसियाको राजधानी जकार्ता नजिक दुई रेल ठोक्किँदा १४ जनाको मृत्यु भएको छ भने ८४ जना घाइते भएका छन् ।
- सोमबार राति बेकासी क्षेत्रमा भएको यस दुर्घटनामा महिलाको डिब्बा बढी प्रभावित भएको थियो र मृतक सबै महिला थिए ।
- इन्डोनेसियाका राष्ट्रपतिले घटनाको अनुसन्धान गर्न र रेलमार्ग नजिक ट्राफिक जाम कम गर्न फ्लाइओभर निर्माण गर्ने योजना बताएका छन् ।
जर्कार्ता । इन्डोनेसियाको राजधानी जर्कार्ता नजिक दुई रेल आपसमा रेल ठोक्किँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ । यस घटनामा अरु ८४ जना घाइते भएका छन् ।
मंगलबार उद्धार टोलीले भग्नावशेषमा फसेकाहरूको उद्धार कार्य सम्पन्न गरेको जनाएको छ । यो दुर्घटना सोमबार राति बेकासी क्षेत्रमा कम्युटर रेल र लामो दूरीको रेलबीच ठोक्किँदा भएको हो ।
इन्डोनेसियाको सरकारी रेल कम्पनी पीटी काईका प्रमुख कार्यकारी बोबी रस्यिदिनले मृतकको संख्या १४ पुगेको पुष्टि गरेका छन् ।
इन्डोनेसियाको खोज तथा उद्धार एजेन्सीका प्रमुख मोहम्मद स्याफीईका अनुसार मंगलबारसम्म सबै यात्रुहरूको उद्धार कार्य पूरा भएको छ । उनले भग्नावशेषबाट यात्रु निकाल्ने काम निकै संवेदनशील र सीपयुक्त प्रक्रिया भएको बताए । उनका अनुसार थप यात्रु फेला पर्ने सम्भावना नभएपनि भग्नावशेषमा खोजी कार्य जारी रहनेछ ।
दुर्घटनामा महिलामात्रका लागि छुट्याइएको डब्बा सबैभन्दा बढी प्रभावित भएको थियो । स्याफीईका अनुसार मृतक सबै महिला थिए र धेरैजसो फलामका टुक्राबीच च्यापिएका थिए ।
उद्धारकर्मीहरूले फसेकाहरूलाई निकाल्न धातु काट्ने उपकरण प्रयोग गरेका थिए । प्रारम्भिक जानकारीअनुसार कम्युटर रेल पहिले ट्र्याकमा रहेको ट्याक्सीसँग ठोक्किएको र त्यसपछि अर्काे रेलसँग ठोक्किएको बताइएको छ ।
ट्याक्सी सेवा कम्पनी ग्रिन एसएम इन्डोनेशियाले दुर्घटनामा संलग्न गाडी आफ्नो भएकोे पुष्टि गर्दै अनुसन्धानमा सहयोग गरिरहेको जनाएको छ । उक्त कम्पनी भियतनामको भिनगु्रपसँग सम्बन्धित संस्था हो ।
इन्डोनेसियाका राष्ट्रपति प्राबोवो सुबियान्तोले घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन् । उनले रेलमार्ग नजिक ट्राफिक जाम कम गर्न फ्लाइओभर निर्माण गर्ने योजना पनि बताएका छन् र देशको रेल सञ्जाल पर्याप्त रूपमा मर्मत नभएको स्वीकार गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जसपा नेपालले बोलायो पुरानो केन्द्रीय समिति बैठक, आफ्नो छुट्टै कार्यक्रम जारी राख्ने
-
गुणस्तरीय तयारी पोसाक उद्योगको विकास र प्रवर्द्धनमा सरकारकाे जोड
-
जलस्रोत र नवीकरणीय ऊर्जा विधेयकमा रैथाने ज्ञान र स्थानीय अधिकारलाई प्राथमिकता : मन्त्री श्रेष्ठ
-
विदेशी राजदूतहरूसँग एक्लाएक्लै भेट गर्ने बालेनको तयारी, समयतालिका तयार हुँदै
-
नामिबियाविरुद्ध नेपालले पहिला थाल्यो ब्याटिङ, यस्तो नेपालको प्लेइङ ११
-
सातै प्रदेश र संघीय ऊर्जामन्त्रीको संयुक्त बैठक सम्पन्न, के–के भयो छलफल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण