सुनको मूल्य बढ्यो, आज कतिमा हुँदै छ कारोबार ?
सारांश
- नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको छ।
- आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँ तोकिएको छ।
- चाँदीको मूल्य पनि प्रतितोला १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ।
काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको मूल्यमा वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको नयाँ दरभाउ अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले बढेको हो।
महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९६ हजार १०० रुपैयाँ तोकिएको छ। हिजो बिहीबार सुन प्रतितोला २ लाख ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, आज १० ग्राम सुनको मूल्य २ लाख ५३ हजार ८६० रुपैयाँ कायम गरिएको छ।
सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। महासंघका अनुसार चाँदी आज प्रतितोला १३५ रुपैयाँले बढेर ४ हजार ९४५ रुपैयाँ पुगेको छ। हिजो चाँदी प्रतितोला ४ हजार ८१० रुपैयाँमा कारोबार भएको थियो। आज १० ग्राम चाँदीको मूल्य ४ हजार २४० रुपैयाँ रहेको छ।
अन्तर्राष्ट्रिय बजारमा हुने उतारचढावका कारण स्थानीय बजारमा पनि सुनचाँदीको मूल्य प्रभावित भएको महासंघले जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको भ्याट पनि सच्याउन कांग्रेस सभापति गगन थापाको माग
-
पूर्वअर्थमन्त्री महतविरुद्धको भ्रष्टाचार मुद्दा मुलतबीमा राख्न अस्वीकार
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण