नाक कोट्याइरहने बानी छ ? सावधान
सारांश
- बारम्बार नाक कोट्याउने बानीले नाकमा चोट लाग्ने, रगत बग्ने, ब्याक्टेरिया तथा भाइरसको संक्रमण हुनेजस्ता स्वास्थ्य समस्या निम्त्याउन सक्छ।
- नाकभित्रको कमजोर छाला च्याटिएर घाउ, जलन र दुखाइ हुन सक्ने तथा साना रक्तनली फुटेर रगत बग्न सक्ने जोखिम रहन्छ।
- यो बानी परिवर्तन गर्नका लागि टिस्यु वा नेपकिन प्रयोग गर्ने, हात व्यस्त राख्ने र बच्चाहरूलाई सिकाउनेजस्ता उपाय अपनाउन सकिन्छ।
काठमाडौं । धेरैजसो मानिसहरूले बारम्बार नाकमा औंला हाल्छन् । घाउ भयो, अप्ठ्यारो भयो भने नाकमा हात जानु स्वभाविक हो । तर कसैको बानी नै यस्तो हुन्छ । तर यो बानी हानिकारक हुन सक्छ ।
के तपाईंलाई यो कुरा थाहा छ ? यो बानी बच्चाहरूमा मात्र होइन वयस्कहरूमा पनि देखिन्छ । मानिसहरू प्रायः यसलाई सामान्य चिज ठान्छन् । तर बारम्बार नाक कोट्याइरहनु स्वास्थ्यको लागि हानिकारक हुन सक्छ ।
चोट लाग्ने जोखिम
नाकभित्रको छाला धेरै कमजोर हुन्छ । यदि तपाईं बारम्बार नाक कोट्याइरहनु हुन्छ भने यसको नरम छाला सजिलै च्यातिन सक्छ, जसले गर्दा नाकमा साना घाउहरू, जलन र दुखाइ हुन सक्छ, । कहिलेकाहीँ यी घाउहरू गहिरो पनि हुन सक्छन् ।
रगत बग्ने समस्याः नाकमा धेरै साना रक्तनलीहरू हुन्छन् । बारम्बार औंला लगिरहँदा यी नलीहरू फुट्न सक्छन्, जसले गर्दा नाकबाट रगत बग्न सक्छ । गर्मी मौसममा यो समस्या झनै बढ्न सक्छ । त्यसैले, यो बानी परिवर्तन गर्नु राम्रो हुन्छ ।
ब्याक्टेरिया र भाइरसको खतराः हाम्रा औंलाहरूमा बाहिरबाट आउने सबै फोहोर, ब्याक्टेरिया र कीटाणुहरूले ढाकिएका हुन्छन् । जब औंला नाकमा राखिन्छ, यी कीटाणुहरू नाकमा प्रवेश गर्न सक्छन् । यसले रुघाखोकी, भाइरल वा ब्याक्टेरियाको संक्रमण हुन सक्छ । यो फोहोरी बानी हो ।
नाक बन्द हुने र सास फेर्न समस्याः औंला छिराइरहँदा नाक भित्रको छाला सुन्निन सक्छ, जसले गर्दा बारम्बार नाक बन्द हुने, रातमा सास फेर्न गाह्रो हुने हुन्छ ।
बानी कसरी परिवर्तन गर्ने?
· टिस्यु वा नेपकिन प्रयोग गर्नुहोस ।
· आफ्ना हातहरू व्यस्त राख्नुहोस् ।
· आफ्ना बच्चाहरूलाई सिकाउनुहोस् ।
(अस्वीकरणः सल्लाहसहितको यो सामग्रीले सामान्य जानकारी मात्र प्रदान गर्दछ, थप जानकारीका लागि सधैँ विशेषज्ञ वा आफ्नो डाक्टरसँग परामर्श गर्नुहोस् ।)
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण