‘राजा शिवाजी’मा सलमान खानको भूमिका कस्तो ?
सारांश
- रितेश देशमुखद्वारा निर्देशित र अभिनीत फिल्म ‘राजा शिवाजी’ प्रदर्शनमा आएको छ, जसमा सलमान खानको विशेष भूमिका छ ।
- सलमान खानले मराठा साम्राज्यका वफादार योद्धा ‘जीवा माहाला’को भूमिका निभाएका छन् ।
- यस फिल्ममा छत्रपति शिवाजी महाराजको जीवन र मुगल साम्राज्यविरुद्धको उनको संघर्षलाई देखाइएको छ ।
मुम्बई । अभिनेता रितेश देशमुखद्वारा निर्देशित र अभिनीत बहुप्रतिक्षित फिल्म ‘राजा शिवाजी’ आजदेखि प्रदर्शनमा आएको छ। ऐतिहासिक पृष्ठभूमिमा आधारित यस फिल्ममा बलिउड सुपरस्टार सलमान खानको विशेष भूमिका रहेको खुलेको छ ।
सलमान खानले फिल्ममा एउटा यस्तो महत्त्वपूर्ण भूमिका निभाएका छन्, जसको बिना फिल्मको कथा अधुरो हुने निर्माण पक्षले बताएको छ ।
फिल्ममा सलमान खानले मराठा साम्राज्यका प्रख्यात योद्धा ‘जीवा माहाला’ (जीवाजी महाले) को भूमिका निर्वाह गरेका छन् । जीवा माहाला छत्रपति शिवाजी महाराजका अत्यन्तै वफादार अङ्गरक्षक र साहसी योद्धा थिए । इतिहासमा उल्लेख भए अनुसार, उनले एक पटक शिवाजी महाराजको ज्यान बचाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए । फिल्ममा सलमान खानलाई एक बलशाली र वीर योद्धाको लुक्समा देखाइएको छ, जसले दर्शकको मन जित्न सक्छ ।
मराठी र हिन्दी दुवै भाषामा रिलिज भएको फिल्ममा रितेश देशमुख र सलमान खानका अलवा संजय दत्त, अभिषेक बच्चन, महेश मांजरेकर, सचिन खेडेकर, भाग्यश्री, फरदीन खान, अमोल गुप्ते, विद्या बालन र बोमन इरानी जस्ता कलाकारको अभिनय छ ।
फिल्म ‘राजा शिवाजी’ भारतका महान् योद्धा छत्रपति शिवाजी महाराजको जीवनमा आधारित छ । यसमा रितेश देशमुखले स्वयम् शिवाजी महाराजको मुख्य भूमिका निभाएका छन् । कसरी शिवाजी महाराजले मुगल साम्राज्य विरुद्ध लडेर ‘स्वराज्य’को जग बसाले भन्ने कुरालाई फिल्ममा देखाइएको छ। फिल्म एक्शन र भीएफएक्स दृश्यका कारण चर्चा छ । शिवाजी महाराजको वीरता र उनलाई साथ दिने वीर योद्धाहरूको गाथालाई पर्दामा हेर्न दर्शकहरूमाझ ठूलो उत्साह देखिएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जोआओ नेभेसको गोलमा पोर्चुगललाई सुरुवाती अग्रता
-
आठ महिलाको हत्या गर्ने कुख्यात सिरियल किलर ह्युमरम्यानलाई आजीवन कारावास
-
विश्वकप २०२६ः पोर्चुगल र डीआर कंगोबिच खेल सुरु, ऐतिहासिक कीर्तिमान नजिक रोनाल्डो
-
जेनजी घाइते सन्तनु ढकालले रवि लामिछानेसँग सेल्फि हान्दै भने– ‘एकछिन’
-
खेलाडीलाई धक्का दिएको आरोपमा सूर्यवंशीमाथि कारबाही सिफारिस
-
अमेरिका–इरान सम्झौता अन्तिम नभएको ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण