सुकुमबासी बस्ती हटाउने कार्यविरुद्ध आपत्ति, वैकल्पिक व्यवस्था माग
सारांश
- काठमाडौँ खोला किनारका सुकुम्बासी बस्ती हटाउने अभियानप्रति नागरिकस्तरबाट आपत्ति जनाइएको छ ।
- नागरिकले संविधान प्रदत्त आधारभूत अधिकारको उल्लंघन भएको, वैकल्पिक व्यवस्थाबिनाको विस्थापन अमानवीय भएको र पूर्वसूचना तथा संवादबिना बस्ती खाली गराइएको आरोप लगाएका छन् ।
- विस्थापित बालबालिकाको शिक्षा, गर्भवती, सुत्केरी महिला तथा वृद्धहरूको जोखिमपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै सुरक्षित आवास, स्वास्थ्य र शिक्षा सुनिश्चित गर्न माग गरिएको छ ।
काठमाडौँ । काठमाडौँ खोला किनारमा रहेका सुकुम्बासी बस्ती हटाउने अभियानप्रति नागरिकस्तरबाट गम्भीर आपत्ति जनाइएको छ ।
एक संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै ५४ नागरिकले उक्त कदमले संविधानले सुनिश्चित गरेका आधारभूत अधिकारहरूको उल्लंघन गरेको आरोप लगाएका छन् ।
विज्ञप्तिमा सम्मानपूर्वक बाँच्न पाउने, आवास, शिक्षा, स्वास्थ्य, समानता तथा सामाजिक न्यायजस्ता हकहरू मिचिएको उल्लेख गर्दै वैकल्पिक व्यवस्थाबिना गरिएको विस्थापन अमानवीय भएको भनिएको छ । हटाउने क्रममा सुरक्षाकर्मी प्रयोग गरी पूर्वसूचना र संवादबिना बस्ती खाली गराइएको, जसका कारण हजारौँ नागरिक विस्थापित भई असुरक्षा र अपमानको अवस्थामा पुगेको दाबी गरिएको छ ।
नागरिकहरूले विस्थापित बालबालिकाको शिक्षा अवरुद्ध भएको, गर्भवती, सुत्केरी महिला तथा वृद्धहरू जोखिमपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै तत्काल सुरक्षित आवास, स्वास्थ्य सेवा र शिक्षा सुनिश्चित गर्न माग गरेका छन्। साथै, जातीय तथा सामाजिक विभेदको घटनामा कडा कारबाही गर्नुपर्ने उनीहरूको जोड छ ।
विज्ञप्तिमा सरकारले स्पष्ट नीति तथा योजना सार्वजनिक नगरेको आलोचना गर्दै सुकुम्बासी समस्या समाधानमा संवाद र तयारीसहित अघि बढ्न आग्रह गरिएको छ। साथै, यस्तो कार्य तुरुन्त रोक्न र सर्वोच्च अदालतका आदेश कार्यान्वयन गर्न सरकारलाई अपिल गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
३ प्रतिशत समता कर खारेज गर्ने सरकारको निर्णय सकारात्मक: गगन थापा
-
विश्वकप इतिहासका १० उत्कृष्ट खेलाडीहरूको वरीयता
-
युक्रेनी सेनामा भर्ना हुनै मान्दैनन् जनता
-
कर्णाली सरकारबारे केन्द्रबाट कुनै निर्णय र निर्देशन आएको छैन : नेकपा
-
तनहुँमा बस दुर्घटना हुँदा चालकसहित १५ जना घाइते
-
कीर्तिपुरमा कारभित्र जलेका पुरुषको पहिचान खुल्यो
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण