सातामा ५० अङ्कले घट्यो सेयर बजार, आगामी साता के होला ?
सारांश
- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५.७३ अङ्कले घटेर २७३८.७२ विन्दुमा ओर्लिएको छ।
- आज ३४६ कम्पनीको १ करोड ९ लाख ७७ हजार ७८३ कित्ता सेयर ४ अर्ब ९१ करोड ६६ लाख २६ हजार ८४८ रुपैयाँमा कारोबार भएको छ।
- १३ वटा उपसमूहमध्ये २ वटा मात्र बढेका छन् भने ११ वटा घटेका छन्।
काठमाडौँ । साताभरमा सेयर बजारले झण्डै ५० अङ्कको गिरावट ब्यहोरेको छ । गत हप्ता शुक्रबारको तुलनामा यो साता बिहीबारसम्म बजार करिब ५० अङ्कले ओरालो लागेको हो।
अघिल्लो शुक्रबार नेप्से परिसूचक २७८८.७० विन्दुमा रहेको थियो। तर, साताभरिको कारोबारपछि बिहीबार आइपुग्दा सूचक ४९.९८ अङ्कले घटेर २,७३८.७२ विन्दुमा खुम्चिएको छ। प्रतिशतका आधारमा हेर्दा यो साता बजार करिब १.७९ प्रतिशतले ओरालो लागेको देखिन्छ।
साताको सुरुवाती दिनहरूमा केही सुधारको सङ्केत देखिए तापनि पछिल्ला तीन कारोबार दिन लगातार बजार राताम्मे रह्यो। मङ्गलबार २६.१६ अङ्क र बुधबार २५.८१ अङ्कको उच्च गिरावट आएको छ । बिहीबार भने बजार ५.७३ अङ्कको सामान्य गिरावटमा थामिएको छ।
सूचकसँगै कारोबार रकम मा पनि केही गिरावट देखिएको छ। साताको बीचमा ७ अर्ब ७१ करोड रुपैयाँसम्मको कारोबार भएकोमा अन्तिम दिन वैशाख ३० गते कारोबार रकम खुम्चिएर ४ अर्ब ८२ करोडमा सीमित भएको छ। साताभर जम्मा ४० अर्बको कारोबार भयो ।
प्राविधिक विश्लेषण अनुसार बजारले २७०० को मनोवैज्ञानिक विन्दुलाई बलियो सपोर्ट र २८०० मा प्रतिरोध रहने देखिन्छ।
यसअघि समाचारमा अन्यथा भएकाले सच्याइएकाे छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण