नेप्सेमा सामान्य सुधार, कारोबार साढे ३ अर्बमा सीमित
सारांश
- साताको दोस्रो कारोबार दिन नेप्से परिसूचकमा सामान्य सुधार देखिएको छ।
- कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख २ रुपैयाँ बराबरको कारोबार भएको छ।
- जलविद्युत समूहमा सबैभन्दा धेरै १.०२ प्रतिशतको वृद्धि देखिएको छ भने ट्रेडिङ, लघुवित्त र फाइनान्स समूह घटेका छन्।
काठमाडौँ । साताको दोस्रो कारोबार दिन मङ्गलबार धितोपत्र बजार (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ। आज नेप्से परिसूचक ८.७८ अङ्कले बढेर २७१२.८६ को बिन्दुमा पुगेर बन्द भएको छ।
आज बजारमा कुल ३३५ कम्पनीका ७७ लाख ३४ हजार कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ४३ करोड ९० लाख २ रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको कारोबारमा जलविद्युत समूहमा सबैभन्दा धेरै १.०२ प्रतिशतको वृद्धि देखिएको छ भने उत्पादन तथा प्रशोधन समूह ०.६३ प्रतिशतले बढेको छ। यस्तै बैंकिङ, लगानी, जीवन बीमा, र म्युचुअल फण्ड समूह पनि हरियाली रहेका छन्।
अर्कोतर्फ ट्रेडिङ इन्डेक्स ०.२९ प्रतिशत, लघुवित्त ०.२१ प्रतिशत र फाइनान्स समूह ०.१२ प्रतिशतले घटेका छन्। कारोबार रकमका आधारमा आज सोलु हाइड्रो शीर्ष स्थानमा रह्यो, जसको २३ करोड ५७ लाख रुपैयाँ बराबरको सेयर कारोबार भयो। त्यसैगरी रिलायन्स स्पिनिङ मिल्सको १२ करोड ७८ लाख, नेशनल हाइड्रोको ११ करोड ५२ लाख, आँखुखोला जदविद्युतको ८ करोड १५ लाख र पाल्पा सिमेन्टको ७ करोड ७३ लाख रुपैयाँको सेयर किनबेच भएको छ।
आज सबैभन्दा धेरै कमाउने अपर लोहोरे खोला हाइड्रोपावरका लगानीकर्ता भए, जसको सेयर मूल्य ११.१६ प्रतिशतले बढेको छ। त्यस्तै सोलु हाइड्रोले ७.५६ र धौलागिरी लघुवित्तले ७.०४ प्रतिशत नाफा कमाएका छन्।
यता गुमाउने कम्पनीहरूमा फरवार्ड माइक्रोफाइनान्सको मूल्यमा ९.३१ प्रतिशतको ठुलो गिरावट देखिएको छ। त्यसैगरी सुपर खुदी हाइड्रोपावर ३.१३ प्रतिशत र रावा इनर्जी ३ प्रतिशतले घटेका छन्।
आजको कारोबारमा कुल १६२ कम्पनीको मूल्य बढेको छ भने ९० कम्पनीको मूल्य घटेको छ भने १६ कम्पनीको मूल्य स्थिर रहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
-
बागमतीमा वाम गठबन्धनलाई संवैधानिक अड्चन
-
पशुपति क्षेत्रमा ऐतिहासिक गङ्गामाई जात्रा सम्पन्न, तस्बिरहरू
-
आईसीसी क्रिकेट विश्वकप लिगः नामिबियासँग नेपाल ८ विकेटले पराजित
-
काठमाडौँमा सुनचाँदीका गहना र स्कुटर चोरी गर्ने तीन जना पक्राउ
-
१० बजे १० समाचार : वाग्लेलाई बालेनको बाइपास, सरकारलाई एकपछि अर्को धक्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण