नर्भिक अस्पतालमा पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा विस्तार
काठमाडौँ । थापाथलीस्थित नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले बालरोग उपचार सेवालाई थप विस्तार र सुदृढ गर्दै पीआईसीयुसहितको पूर्ण बालरोग उपचार सेवा सञ्चालन गरेको छ ।
अस्पतालले नवजात शिशुदेखि किशोरावस्थासम्मका बालबालिकालाई एकै छानामुनी सम्पूर्ण उपचार सेवा प्रदान गर्न बाल सघन उपचार कक्ष (पीआईसीयु)सहितको सेवा विस्तार गरेको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत (सिईओ) अजयकुमार मिश्रले बालरोगको सम्पूर्ण उपचार सेवा एकैठाउँबाट दिने गरी नर्भिकले बाल सघन उपचार कक्ष तथा रोग विशेष बालरोग चिकित्सकसहितका जनशक्ति थप गर्दै पूर्ण बालरोग उपचार सेवा विस्तार गरेको हो ।
‘नर्भिकले दक्ष तथा विज्ञ चिकित्सकमार्फत आकस्मिक तथा ओपीडी, बाल सर्जरी सेवा, नवजात तथा बाल सघन उपचार कक्ष सहितको विशिष्टीकृत बाल उपचार सेवालाई विस्तार गरेको छ,’ सिईओ मिश्रले भने ।
बालबालिकासँग जोडिएका सबै प्रकारका उपचार सेवा नर्भिकबाटै उपलब्ध हुने गरी बालरोग उपचार केन्द्रलाई विस्तार गरिएको सिईओ मिश्रले बताए ।
‘हामीकहाँ नवजात शिशुहरूका लागि एनआईसीयु सहितको सेवा पहिलादेखि नै थियो । अब सबै उमेरका बालबालिकालाई सम्पूर्ण सेवा प्रदान गर्न अत्याधुनिक उपकरण र प्रविधि भएको पीआईसीयु सहितको सेवाहरु थप गरेका छौंँ,’ सिईओ मिश्रले भने, ‘बालबालिकाको उपचारका लागि हामीसँग दक्ष र विज्ञ विशेषज्ञ र तालिमप्राप्त नर्सिङ जनशक्ति सहितको पूर्ण बालरोग सेवा उपलब्ध छ ।’
नर्भिक अस्पतालमा सामान्य बालरोग सेवादेखि विशेषज्ञ चिकित्सकमार्फत पेडियाट्रिक ग्यास्ट्रोएन्टेरोलोजी, पेडियाट्रिक र्युम्याटोलोजी, पेडियाट्रिक पल्मनोलोजी, पेडियाट्रिक न्युरोलोजी, पेडियाट्रिक हेमाटोलोजी, क्रिटिकल केयर, पेडियाट्रिक अर्थोपेडिक तथा पेडियाट्रिक सर्जरी लगायतका विशिष्टीकृत सेवा सञ्चालनमा रहेको छ।
यी सेवा प्रदान गर्न अस्पतालमा बालरोग विशेषज्ञ तथा बालरोग बहु विशेषज्ञ चिकित्सक सहितको १३ जना चिकित्सक रहेकोमा नवजात शिशु विशेषज्ञसहित ७ जना चिकित्सक पनि थप गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
-
ओलीको शिलालेख हटाइएको भन्दै एमाले चन्द्रागिरि नगर कमिटीको आपत्ति
-
रेनुलाई एसियाली पारा खेलकुदका लागि वाइल्ड कार्ड
-
कांग्रेसको अन्य राजनीतिक दल संवाद समितिमा दुई सदस्य मनोनयन
-
'नेपालको जलस्रोत' सार्वजनिक : जलसम्पदालाई राष्ट्रिय समृद्धिको आधार बनाउन उपेन्द्र यादवको आग्रह
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण