रुसबाट आएका दुई ड्रोन लाट्भियामा दुर्घटनाग्रस्त
सारांश
- रुसबाट आएका दुई ड्रोन लाटभियाको भूभागमा प्रवेश गरी दुर्घटनाग्रस्त भएका छन् ।
- एउटा ड्रोन रेजेक्नेस्थित तेल भण्डारण केन्द्रमा खसेको थियो, जसले गर्दा आगलागी भए पनि समयमै नियन्त्रणमा आएको थियो ।
- घटनास्थल नजिकका बासिन्दालाई घरभित्र बस्न सूचना जारी गरिएको थियो र विद्यालयहरू बन्द गरिएका थिए ।
रिगा । रुसबाट आएका दुई ड्रोन आफ्नो भूभागमा प्रवेश गरेर खसेको लाटभियाको सेनाले जनाएको छ । समाचार संस्था रोयटर्सका अनुसार, तीमध्ये एउटा ड्रोन रेजेक्नेस्थित तेल भण्डारण केन्द्रमा खसेको थियो । उक्त क्षेत्र रुसको सीमाबाट करिब ४० किलोमिटर टाढा पर्छ ।
सरकारी टीभी च्यानल एलएसएमले प्रहरीलाई उद्धृत गर्दै जनाएअनुसार, घटनास्थलमा आगलागी भए पनि दमकल टोली पुग्दासम्म आगो निभिसकेको थियो । घटनापछि लाट्भियाली अधिकारीहरूले बिहीबार बिहान ४ः०९ बजे रुससँग सीमा जोडिएका क्षेत्रका बासिन्दालाई ड्रोन सतर्कता सूचना जारी गर्दै घरभित्र बस्न आग्रह गरेका थिए ।
रेजेक्ने नगरपालिकाले बिहीबारका लागि सबै विद्यालय बन्द गरिएको जनाएको छ । यसअघि मार्च अन्त्यतिर पनि युक्रेनबाट उडेका केही ड्रोन लाट्भिया तथा छिमेकी देशहरु इस्टोनिया र लिथुआनियामा खसेका थिए । तीमध्ये एउटा ड्रोन स्थानीय विद्युत् केन्द्रको चिम्नीमा ठोक्किएको थियो भने अर्काे जमेको तालमा खसेर विस्फोट भएको थियो ।
ती ड्रोनहरू रुसभित्रका सैन्य लक्ष्यमा आक्रमण गर्न पठाइएको अनुमान गरिएको थियो । तीनै बाल्टिक देशहरूले अप्रिलमा आफ्नो भूमि वा हवाई क्षेत्रलाई रुसविरुद्ध ड्रोन आक्रमणका लागि प्रयोग गर्न नदिने स्पष्ट पारेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बालबालिकाको सुरक्षा सुनिश्चित गर्न राष्ट्रसङ्घको आह्वान
-
रवि फर्किएपछि परराष्ट्रमन्त्री खनाल भारत जाने
-
बागमतीमा वित्तीय बेथिति: टुक्रे योजनामा बजेट छरियो, अर्बौंका मेसिन गोदाममै सड्दै
-
घरायसी विवादमा श्रीमतीको हत्या
-
मदिराले मातेपछि विवाद, ढुङ्गा प्रहार गर्दा एक जनाको मृत्यु
-
‘बाध्यकारी श्रम’को आरोपमा बेलायत र क्यानडासहित ६० व्यापार साझेदारमाथि भन्सार शुल्क लगाउने ट्रम्पको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण