बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा दुई जना पक्राउ
सोमबार, २८ वैशाख २०८३, ११ : ४७
सारांश
- प्रहरीले भक्तपुरबाट बच्चाको मुन्द्रा चोरीमा संलग्न रहेको आरोपमा दुई जनालाई पक्राउ गरेको छ ।
- उनीहरूले चकलेट दिएर बच्चाहरूलाई फकाई कानको मुन्द्रा चोरी गर्ने गरेको प्रहरीले जनाएको छ ।
- प्रहरीले उनीहरूबाट १५ लाल सुन बरामद गरेको छ र घटनाबारे अनुसन्धान गरिरहेको छ ।
काठमाडौँ । बच्चाको मुन्द्रा चोरीमा संलग्न आरोपमा प्रहरीले भक्तपुरबाट दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेको बेथानचोक गाउँपालिका–३ ढुंखर्क घर भएका २४ वर्षीय लक्ष्मण भन्ने सुनिल नगरकोटी र भारत घर भएर बनेपामा बस्दै आएका ३० वर्षीय सभंकर माजी छन् ।
वैशाख २७ मा भक्तपुरको लिवालीमा बच्चाहरूलाई भेला पारेर चकलेट दिएर फकाउँदै कानको मुन्द्रा चोरी गरेको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले रातोपाटीलाई बताए ।
नगरकोटीले चोरेको मुन्द्रा सभंकर माजीलाई बेच्ने गरेको प्रहरीको अनुसन्धानबाट थाहा भएको छ । प्रहरीले उनीहरूबाट १५ लाल सुन बरामद गरेको छ । उनीहरूमाथि प्रहरी वृत्त जगातीको टिमले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
-
डिल्लीबजार कारागारबाट भागेका सिबी लामा पक्राउ
-
चिनियाँ अनुदानको पर्खाइमा अलपत्र चक्रपथः कलंकी–बसुन्धरा खण्डमा यात्रुलाई सकस
-
मलेसियाली उपभोक्ताको किनमेलमा एआइको प्रभाव बढ्दो
-
धर्नामा बसेकी विनुसँग महिलामन्त्रीको भेट
-
वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरेलाई सेवाबाट हटाउने निर्णय
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण