सरकारले पूर्वाधार विकासका लागि नयाँ वित्तीय मोडल ल्याउने : आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिने
सारांश
- सरकारले पूर्वाधार निर्माणमा लगानीको अभाव हटाउन र विकासको गति बढाउन नयाँ वित्तीय मोडल लागू गर्ने भएको छ।
- नयाँ मोडलअन्तर्गत वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी र निजी क्षेत्रको लगानीलाई एकीकृत गरिनेछ।
- आयोजना समयमै सम्पन्न नहुने समस्या समाधान गर्न आयोजना प्रमुखसँग कार्यसम्पादन सम्झौता गरिनेछ।
काठमाडौँ । सरकारले पूर्वाधार निर्माणमा देखिएको लगानीको अभाव टार्न र विकासको गति बढाउन पूर्वाधार वित्त पोषणको नयाँ मोडल लागू गर्ने घोषणा गरेको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले यस्तो घोषणा गरेका हुन्।
वैकल्पिक विकास वित्त, डायस्पोरा पुँजी (प्रवासी नेपालीको पुँजी) र निजी क्षेत्रको लगानीलाई एकीकृत रूपमा परिचालन गर्दै नयाँ वित्तीय मोडल कार्यान्वयनमा ल्याइने सरकारको योजना छ। दीर्घकालीन पुँजी निर्माणका लागि ऋण बजार, बण्ड बजार, पूर्वाधार बण्ड तथा जोखिम व्यवस्थापनका उपकरणहरू विकास गरिने नीति तथा कार्यक्रममा उल्लेख छ। सरकारले अब वैदेशिक सहायता, ऋण र निजी लगानीलाई उच्च प्रतिफल दिने आयोजनाहरूमा मात्र केन्द्रित गर्ने नीति लिएको छ।
रुपान्तरणकारी योजनाहरूलाई स्पष्ट लक्ष्य, निश्चित बजेट र कडा समयसीमासहित अघि बढाइने राष्ट्रपति पौडेलले बताए। आयोजनाहरू समयमै सम्पन्न नहुने समस्या समाधान गर्न सरकारले अब आयोजना प्रमुखसँग प्रत्यक्ष कार्यसम्पादन सम्झौता गर्ने व्यवस्था मिलाउने भएको छ। आयोजना सम्पन्न नभएसम्म प्रमुख जनशक्तिको जिम्मेवारी हेरफेर नगर्ने र डिजिटल प्रगति ट्र्याकिङ प्रणालीमार्फत कामको अनुगमन गरिने सरकारको तयारी छ।
यसका साथै आयोजना निर्माणमा सधैँ बाधाका रूपमा देखिने जग्गा प्राप्ति र वनसम्बन्धी कानुनी तथा व्यवहारिक अवरोधहरू समाधान गर्न सरकारले प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिकित्सक लाइसेन्स परीक्षामा ‘सिएमसी’ उत्कृष्ट
-
एचआइभी एड्स सङ्क्रमितलाई सामाजिक विभेद अझै चुनौती
-
इरानसँग सम्बन्ध रहेको आरोपमा बहराइनमा १५ जना पक्राउ
-
भक्तपुरमा श्रीमानद्वारा श्रीमतीको हत्या
-
ऊर्जा सङ्कटबिच जापानको नवीकरणीय ऊर्जा विस्तारमा जोड
-
१२ बजे १२ समाचार: विरोधी तह लगाउने अस्त्र बन्दै ‘सम्पत्ति शुद्धीकरण’ देखि लुम्बिनीमा मन्त्रिपरिषद् पुनर्गठनसम्म
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण