निर्माण सामग्रीको मूल्य बढेका कारण देशभरका विकास निर्माणका काम रोकियो : सांसद नरेन्द्र केरुङ
सारांश
- सांसद नरेन्द्रकुमार केरुङले विकास आयोजनाहरूमा न्यून बजेट विनियोजन गर्ने सरकारी परिपाटीको आलोचना गरेका छन् ।
- उनले निर्माण सामग्रीको मूल्य बढेका कारण देशभरका विकास निर्माणका काम रोकिएको र मूल्य समायोजनबारे सरकारको स्पष्ट नीति आउनुपर्ने बताए ।
- सांसद केरुङले कोशी प्रदेशको विकासका लागि महत्त्वपूर्ण मानिएको 'तमोर ड्याम' परियोजनालाई नयाँ र प्रभावकारी आयोजनाको सूचीमा राख्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए ।
काठमाडौँ । सांसद नरेन्द्रकुमार केरुङले विकास आयोजनाहरूमा न्यून बजेट विनियोजन गर्ने सरकारी परिपाटीको आलोचना गरेका छन् । सङ्घीय संसद्को अर्थ समितिमा छलफलका क्रममा बोल्दै सांसद केरुङले साना बजेटले ठुला आयोजना अलपत्र पर्ने गरेको बताए ।
आफ्नो गृहजिल्ला पाँचथरको उदाहरण दिँदै उनले भने, 'हाम्रो जिल्लामा कालोपत्रे सडक बनाउने भनिएको छ, तर बजेट ५ लाख रुपैयाँ मात्रै छ । यो निकै हास्यास्पद कुरा हो ।' बहुवर्षीय आयोजनाका नाममा संघबाट थोरै बजेट छुट्टाउँदा आयोजनाहरू कहिल्यै सम्पन्न नहुने र जनताले दुःख पाउने उनको तर्क थियो ।
सांसद केरुङले बजेटमा 'नयाँ र राम्रा' आयोजना समेट्ने सरकारको नीतिको मापदण्ड स्पष्ट हुनुपर्ने माग गरे । उनले कोशी प्रदेशको विकासका लागि महत्त्वपूर्ण मानिएको 'तमोर ड्याम' परियोजनालाई नयाँ र प्रभावकारी आयोजनाको सूचीमा राख्न अर्थमन्त्रीको ध्यानाकर्षण गराए । 'तमोर ड्याम कोशी प्रदेशको भाग्य बदल्ने आयोजना हो । यसका लागि अर्थ मन्त्रालयले विशेष ध्यान दिनुपर्छ,' उनले भने ।
यसैगरी, निर्माण सामग्रीको मूल्य बढेका कारण देशभरका विकास निर्माणका काम रोकिएको प्रति पनि उनले चिन्ता व्यक्त गरे । मूल्य वृद्धिका कारण ठेकेदारहरूले काम अगाडि बढाउन नसकेको भन्दै उनले 'मूल्य समायोजन'का बारेमा सरकारको स्पष्ट नीति आउनुपर्ने बताए ।
छलफलका क्रममा उनले जिल्लाका योजना र विकासका आवश्यकताका बारेमा छिट्टै लिखित सुझाव पनि अर्थ मन्त्रालयमा दिने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरी गाजामा इजरायली हवाई आक्रमण, सात प्यालेस्टिनीको मृत्यु
-
युवा संघका सचिवालय सदस्य बमसहित २४ जना जुवाखालबाट पक्राउ
-
युरो कप र नेसन्स लिगको सेमिफाइनलमा फ्रान्सलाई हराएको शैली नै अपनाउने स्पेनको रणनीति
-
विश्वविद्यालयमा दलीय राजनीति अन्त्य गर्ने उपकुलपतिहरूको प्रतिबद्धता
-
फाइनलसरह फ्रान्स र स्पेन भिडन्तः यस्तो छ सम्भावित टोली र पूर्वानुमान
-
हामी युरो कप विजेता हौँ, फ्रान्ससँग डर छैन: लामिन यामाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण