आईईसी कलेजद्वारा ‘इन्टेरियो स्केमा’ को १५औँ संस्करण आयोजना हुने
काठमाडौँ । आईईसी कलेज अफ आर्ट एण्ड फेसनले आफ्नो प्रतिष्ठित वार्षिक इन्टेरियर डिजाइन प्रदर्शनी ‘आईईसी इन्टेरियो स्केमा’ को १५औँ संस्करण आयोजना गर्ने भएको छ । प्रदर्शनी यही मे ९, २०२५ मा काठमाडौँको नक्सालस्थित म्यारियट होटलमा आयोजना हुनेछ ।
कलेजका अन्तिम वर्षका विद्यार्थीहरूले आफ्नो थिसिस प्रोजेक्टको हिस्साको रूपमा आयोजना गर्ने यो प्रदर्शनी उदीयमान डिजाइनरहरूका लागि आफ्नो नवीन अवधारणा र सिर्जना प्रस्तुत गर्ने एक महत्त्वपूर्ण मञ्च हो । सन् २०११ देखि निरन्तर आयोजना हुँदै आएको यो कार्यक्रमले विद्यार्थीहरूलाई व्यावसायिक क्षेत्रसँग जोड्न र उनीहरूको प्रतिभा प्रदर्शन गर्न सहयोग पुऱ्याउँदै आएको छ ।
यस वर्ष ४० जना विद्यार्थीले आफ्ना डिजाइनहरू प्रस्तुत गर्नेछन्, जसमा होलिस्टिक लाइफस्टाइल सेन्टर, म्याटरनिटी एण्ड चाइल्ड केयर सेन्टर, र एलजिबिटिक्यु कम्युनिटी सेन्टर जस्ता भविष्यमुखी व्यावसायिक परियोजनाहरू समावेश छन् ।
कार्यक्रमलाई दुई सत्रमा विभाजन गरिएको छ। बिहानको सत्रको उद्घाटन भारतीय राजदूतावासकी काउन्सिलर (राजनीतिक) गीताञ्जली ब्रान्डनले गर्नेछिन् भने साँझको सत्रको उद्घाटन अभिनेत्री, निर्देशक तथा निर्माता सुरक्षा पन्तले गर्नेछिन् । कार्यक्रममा विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तित्वहरूको पनि उपस्थिति रहनेछ ।
प्रदर्शनीमा इन्टेरियर डिजाइनका आकर्षक मोडेल, नवीन उत्पादन डिजाइन, स्मार्ट फर्निचर तथा विद्यार्थीहरूले गरेका अनुसन्धानमूलक कागजातहरू मुख्य आकर्षणका रूपमा रहनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फिर्केखोला संरक्षणमा चासो
-
प्रेस स्वतन्त्रता सेनानी अर्जुन ज्ञवालीको निधन
-
नारायणी अस्पताल घटनामा संलग्न एक जना नियन्त्रणमा
-
२४ घण्टामा देशभर विपद्का ४१ घटना, २३ लाख बराबरको क्षति
-
बर्लिन आक्रमणका सन्दिग्ध प्रहरी कारबाहीमा मारिएको जर्मन सञ्चारमाध्यमको दाबी
-
जिम्बावेलाई हराउँदै भारतद्वारा टी–ट्वान्टी शृङ्खला ‘क्लिन स्वीप’
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण