क्लासिक टेकका ग्राहक वृद्धि
काठमाडौं । नेपालका इन्टरनेट सेवा प्रदायक क्लासिक टेकका ग्राहकहरू बढ्दो क्रममा रहेको एक तथ्यांकले देखाएको छ। नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार, नेपालमा इन्टरनेट सेवा दिइरहेका अधिकांश सेवा प्रदायकहरूको तुलनामा क्लासिक टेकमा नयाँ ग्राहक थपिने क्रम उत्साहजनक देखिएको हो।
प्राधिकरणको तथ्यांकअनुसार २०८२ सालको फागुन र चैत्र महिनामा नयाँ इन्टरनेट जडान गर्ने ग्राहकको संख्यामा क्लासिक टेकले उल्लेख्य वृद्धि हासिल गरेको हो। २०८२ फागुन महिनामा क्लासिक टेकका कुल ग्राहक संख्या २ लाख ७९ हजार ८४८ रहेकोमा चैत्र महिनासम्म आइपुग्दा सो संख्या २ लाख ८३ हजार ३७१ पुगेको छ। यसरी हेर्दा कम्पनीले एक महिनाको छोटो अवधिमै ३ हजार ५२३ नयाँ ग्राहक थप्न सफल भएको तथ्यांकले देखाउँछ ।
अन्य सेवा प्रदायकहरूको तुलनात्मक अवस्था हेर्दा, सोही अवधिमा वर्ल्डलिंकले ५ हजार ३२५ ग्राहक थपेको छ भने भायानेटले २ हजार ८७७, नेपाल टेलिकमले १ हजार ७१२, सुबिसुले २ हजार १२५ र सीजी नेटले १ हजार १९९ नयाँ ग्राहक थपेका छन्। यता डिश होमको ग्राहक संख्यामा भने ४ हजार ९८० ले गिरावट आएको तथ्यांकले देखाउँछ।
ग्राहकको आकर्षण बढ्नुको मुख्य कारण सहुलियत मूल्यमा गुणस्तरीय इन्टरनेट र अत्याधुनिक प्रविधिको प्रयोगलाई मानिएको छ। क्लासिक टेकले आफ्ना सानादेखि ठूला सबै प्रकारका प्याकेजमा 'वाइफाइ सिक्स'राउटर उपलब्ध गराउँदै आएको छ। विशेषगरी ५० एमबिपीएसदेखि ३०० एमबिपीएससम्मका ३ महिने तथा वार्षिक प्याकेजहरूमा समेत यो अत्याधुनिक राउटर प्रदान गरिएकाले ग्राहकको पहिलो रोजाइमा क्लासिक टेक पर्न सफल भएको कम्पनीको दाबी छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
'पार्टीभित्र कमजोरी भएकाले यस्तो अवस्था आयो, अब वैचारिक पुनर्गठन गर्नुपर्छ'
-
दिनभर आन्दोलन गरेका लघुवित्त पीडित राति बास नपाएर भौँतारिँदै
-
एमालेभित्र कोशीमा मुख्यमन्त्री को बन्ने भन्नेमै विवाद !
-
बागमती सरकार निर्माणमा नेकपा र एमालेको जुरेन भाखा, टिकाउन खोज्दै कांग्रेस
-
२७ तस्बिरमा हेर्नुहोस् झलमल्ल नागढुंगा सुरुङमार्ग र बलम्बु फ्लाइओभर
-
पार्टी एकता सहमतिउन्मुख छ : गगन थापा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण