सामूहिक यौन दूरव्यवहारको आरोपपछि इन्डोनेसियामा बोर्डिङ स्कुल बन्द
सारांश
- इन्डोनेसियाको मध्य जाभामा रहेको नधोलो कुसुमो इस्लामिक बोर्डिंग स्कुल सामूहिक यौन दुर्व्यवहारको आरोपपछि बन्द गरिएको छ ।
- विद्यालयका सञ्चालक किआई अशारीमाथि दर्जनौँ छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ, जसमध्ये धेरैजसो गरिब परिवार तथा अनाथ बालिका रहेको बताइएको छ ।
- प्रहरीले अशारीलाई मुख्य सन्दिग्ध घोषणा गरी अप्रिल २८ मा पक्राउ गरेको थियो, र उनीमाथि सन् २०२० देखि २०२४ सम्म विभिन्न स्थानमा एक पीडितमाथि कम्तीमा १० पटक दुर्व्यवहार गरेको आरोप छ ।
जर्कार्ता । इन्डोनेसियाको मध्य जाभामा रहेको एउटा बोर्डिङ स्कुल बन्द गरिएको छ । सामूहिक यौन दुर्व्यवहारसम्बन्धी गम्भीर आरोप लागेपछि नधोलो कुसुमो इस्लामिक बोर्डिंग स्कुल विद्यालय बन्द गरिएको हो ।
विद्यालयका ५८ वर्षीय सञ्चालक किआई अशारीमाथि वर्षाैँदेखि दर्जनौँ छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । पीडितमध्ये धेरैजसो गरिब परिवार तथा अनाथ बालिका रहेको बताइएको छ ।
मे २ मा सयौँ स्थानीय बासिन्दा विद्यालय बाहिर प्रदर्शनमा उत्रिएका थिए । उनीहरूले “महिला यौन वस्तु होइनन्” र “द प्रिडेटर” लेखिएका ब्यानर बोकेर अशारीविरुद्ध नाराबाजी गरेका थिए । त्यसपछि प्रहरीले उनलाई सुरक्षा घेरामा बाहिर निकालेको थियो ।
पीडित पक्षका वकिल अली युसरोनका अनुसार ३० देखि ५० जना बालिका अशारीको यौन हिंसाको शिकार भएको हुनसक्छन् । हालसम्म एक जना पीडितले औपचारिक उजुरी दर्ता गराएकी छन् । धेरै साक्षीहरूले पछि बयान फिर्ता लिएको बताइएको छ । प्रहरीका अनुसार अशारीलाई अप्रिल २८ मा मुख्य सन्दिग्ध घोषणा गरिएको थियो । उनीमाथि सन २०२० देखि २०२४ सम्म विभिन्न स्थानमा एक पीडितमाथि कम्तीमा १० पटक दुर्व्यवहार गरेको आरोप छ ।
अनुसन्धानअनुसार उनले “मसाज गरिदिनू” भन्ने बहानामा छात्राको कोठामा प्रवेश गरी कपडा खोल्न लगाउने तथा अनुचित रूपमा छुने, च्याप्ने र चुम्बन गर्ने गरेका थिए । दशौँ घटनापछि पीडितले आफ्ना बाबुलाई जानकारी दिएपछि प्रहरीमा उजुरी परेको थियो ।
प्रहरीले सुरुमा अशारी फरार नहुने बताएका थिए । तर उनी पछि पाटीकबाट भागेर बोगोर, जकार्ता र सोलो पुगेका थिए । अन्ततः मे ६ को राति उनलाई मध्य जाभाको वोनोगिरीस्थित एक मस्जिदबाट पक्राउ गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
-
विश्वकप सेमिफाइनलमा बार्सिलोनाको दबदबा, कुन क्लबका कति खेलाडी ?
-
मुख्य योजनाकार दुलाल र भण्डारीलाई ४ वर्ष जेल सजाय, अब कति बस्नुपर्छ जेल ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण