सेना र सञ्चारकर्मीहरूबिच सहकार्य बढाउन ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’
सारांश
- नेपाली सेनाले आयोजना गरेको चार दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ।
- कार्यक्रममा सहभागी २९ जना सञ्चारकर्मीलाई प्रमाणपत्र वितरण गरिएको थियो।
- सञ्चारकर्मीहरूलाई रक्षा तथा सुरक्षा सम्बन्धी विषयमा जानकारी गराउँदै समाचार सम्प्रेषणलाई सहज एव प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
काठमाडौँ । नेपाली सेनाले आयोजना गरेको चार दिने ‘रक्षा संवाददाता अभिमुखीकरण कार्यक्रम’ सम्पन्न भएको छ।
गत वैशाख २८ गतेदेखि जङ्गी अड्डामा सञ्चालन भएको कार्यक्रम बिहीबार सम्पन्न भएको हो। समापन समारोहमा जनसम्पर्क तथा सूचना निर्देशक सहायक रथी एवं प्रवक्ता राजाराम बस्नेतले अभिमुखीकरणमा सहभागी २९ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान गरेका थिए।
सो अवसरमा लामो समयदेखि नेपाली सैनिक रेडियो कार्यक्रम प्रसारण गर्दै आएका पाँच वटा एफएम रेडियोलाई कदरपत्र प्रदान गरिएको थियो। सहभागी सञ्चारकर्मीहरूलाई नेपाली सेनाले सञ्चालन गरिरहेको विविध गतिविधिबारे जानकारी गराउनुका साथै अन्तरक्रिया समेत गरिएको थियो।
नेपाली सेना र सञ्चारकर्मीबिचको सम्बन्धलाई थप प्रभावकारी, विश्वसनीय बनाउनुका साथै सहकार्य बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको नेपाली सेनाले जनाएको छ।
सञ्चारकर्मीहरूलाई रक्षा तथा सुरक्षा सम्बन्धी विषयमा जानकारी उपलब्ध गराउँदै समाचार सम्प्रेषणलाई थप सहज एव प्रभावकारी बनाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
-
गैँडा मार्ने उद्देश्यले निकुञ्ज छिरेको आशङ्कामा दुई व्यक्ति पक्राउ
-
शिक्षा–स्वास्थ्यको समता शुल्क कानुनी रूपमा खारेज गर्न र बिजुलीको भ्याट फिर्ता लिन आग्रह
-
नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्षविरूद्ध दायर रिटमा कारण देखाऊ आदेश
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण