रुसी जेलमा पछिल्लो पाँच वर्षमा कैदीको सङ्ख्या करिब दुई लाख घट्यो
सारांश
- पाँच वर्षमा रुसमा कैदी संख्या १.८ लाखभन्दा बढीले घट्यो।
- युक्रेन युद्धमा कैदीहरूको प्रयोग प्रमुख कारण हो।
- युद्धकालीन अर्थव्यवस्थामा योगदान पुर्याउन कैदीहरूलाई काममा लगाइएको छ।
काठमाडौँ । रुसमा पाँच वर्षमा कैदीहरूको सङ्ख्या एक लाख ८० हजारभन्दा बढीले घटेको रुसी जेल प्रमुखले बिहीबार दिएको तथ्याङ्कमा उल्लेख छ ।
मस्कोले युक्रेनमा लडाइँ लड्न कैदीहरूलाई पठाएको कारण कैदीबन्दीको सङ्ख्या घटेको हो ।
चार वर्षको युद्धमा रूसले कैदीहरूलाई युक्रेनमा लड्न र उनीहरूको सजायको अवधि मिनाहा गर्न सेनासँग करार प्रस्ताव गरेको छ।
सोभियत श्रम शिविरबाट विरासतमा प्राप्त विशाल जेल नेटवर्क भएको रुस विश्वको सबैभन्दा धेरै कैदीबन्दी रहेको मुलुकमध्ये एक हो । विगत २० वर्षमा यो सङ्ख्या घट्दै गएको छ ।
“सन् २०२१ को अन्त्यमा त्यहाँ चार लाख ६५ हजार कैदीहरू थिए भने अहिले यो सङ्ख्या दुई लाख ८२ हजार कायम भएको छ,” रुसी प्रायश्चित सेवा (सुधार केन्द्र) का प्रमुख अर्काडी गोस्टेभले भने । यसले लगभग ४० प्रतिशतको गिरावटलाई प्रतिनिधित्व गर्दछ ।
हालको जेलमा रहेका कैदीको सङ्ख्याको लगभग ८५ हजार जनालाई सुनुवाइ पूर्व हिरासतमा राखिएको उनले बताए ।
गोस्टेभले भने, “गिरावटको कारण आंशिक रूपमा सेनाको भर्ती अभियानको कारण हो, तर अधिक निलम्बित सजाय र अन्य प्रकारका सजायका कारण पनि यो सङ्ख्या घटेको हो ।
युक्रेनको मोर्चाबाट फर्केका कैदीहरूले रुसमा अपराध र सामाजिक तनावमा वृद्धि गरेका बताउने गरिएको छ ।
गोस्टेभले भने, “हजारौँ कैदीहरू सेनाको सहयोगका लागि हतियार तथा अन्य सामानको उत्पादनस्थलहरूमा काम गरिरहेका छन्, जसले देशको युद्धकालीन अर्थव्यवस्थामा योगदान पुर्याइरहेका छन् ।”
रुसी कैदीहरूलाई प्रायः सोभियतकालिन गुलागबाट विरासतका रूपमा प्राप्त प्रणालीका आधारमा काममा लगाउने प्रचलन रहेको छ ।
“विशेष गरी उत्पादनका लागि गत एक वर्षको अवधिमा सैनिक उद्देश्यका लागि थप १६ हजार कैदीहरू हामीले खटाएका थियौँ,” रुसी समाचार संस्था तासले गोस्टेभलाई उद्धृत गर्दै लेखेको छ।
“हामीले युक्रेनमा भएको विशेष सैन्य अपरेसनको लागि लगभग ५.५ अर्ब रूबल (सात करोड ५० लाख डलर) को सामान उत्पादन गरेका छाैँ,” उनले भने ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण