मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
आईपीएल

मुम्बईसँग स्तब्ध बन्यो पञ्जाब, लगातार पाँचौँ हारले प्लेअफ यात्रा संकटमा

बिहीबार, ३१ वैशाख २०८३, २३ : ५१
बिहीबार, ३१ वैशाख २०८३

सारांश

  • मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएसँगै पञ्जाब किङ्सको लगातार पाँचौँ हारले प्लेअफ यात्रा संकटमा परेको छ ।
  • पञ्जाबले २०० रनको विशाल योगफल तयार पारे पनि मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो ।
  • यो हारले पञ्जाब अंक तालिकामा १३ अंकसहित चौथों स्थानमा अड्किएको छ ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत बिहीबार भएको रोमाञ्चक खेलमा पञ्जाब किङ्स  मुम्बई इन्डियन्ससँग ६ विकेटले पराजित भएको छ । यो हारसँगै पञ्जाबको लगातार पाँचौँ हार हो, जसले गर्दा उसको प्लेअफ पुग्ने सम्भावना कमजोर बनेको छ । 

धरमशालामा भएको खेलमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर २०० रनको विशाल योगफल तयार पारेको थियो । पञ्जाबका लागि प्रभसिमरन सिंहले उत्कृष्ट ब्याटिङ गर्दै ३२ बलमा ५७ रनको अर्धशतकीय पारी खेले । त्यस्तै, अजमतुल्लाह ओमरजाईले १७ बलमा ३८ तथा प्रियांश आर्यले १७ बलमा २२ रनको योगदान दिए । मुम्बईका लागि शार्दुल ठाकुरले किफायती बलिङ गर्दै ४ ओभरमा ३९ रन खर्चेर महत्वपूर्ण ४ विकेट लिए भने दीपक चाहरले २ विकेट हात पारे ।

२०१ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.५ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेट्टायो । मुम्बईको जितमा तिलक वर्माले अविजित रहँदै ३३ बलमा ७५ रनको विस्फोटक पारी खेले । उनलाई रायन रिकेल्टनले २३ बलमा ४८ रन र विल ज्याक्सले १० बलमा अविजित २५ रन बनाउँदै राम्रो साथ दिए । पञ्जाबका लागि बलिङमा अजमतुल्लाह ओमरजाईले २ विकेट लिए ।

यो हारले पञ्जाबलाई ठूलो धक्का लागेको छ । यदि आजको खेल जितेको भए पञ्जाब अंक तालिकाको तेस्रो स्थानमा उक्लिने थियो, तर हारसँगै टोली चौथों स्थानमा अड्किएको छ । 

अंक तालिकामा रोयल च्यालेन्जर्स बेङ्गलुरु र गुजरात टाइटन्स समान १६ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । सनराइजर्स हैदराबाद १४ अंकसहित तेस्रो स्थानमा छ भने पराजित पञ्जाबको १३ अंक रहेको छ । लगातारको हारले पञ्जाबमाथि अबका खेलहरूमा जित्नै पर्ने दबाब बढेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप