हल्दीबारीका किसानलाई १८ लाख रुपैयाँका कृषि सामग्री वितरण
झापा । झापाको हल्दीबारी गाउँपालिका–५ ले किसानलाई व्यावसायिक खेतीतर्फ आकर्षित गर्ने उद्देश्यले बिहीबार करिब १८ लाख रुपैयाँ बराबरका कृषि सामग्री वितरण गरेको छ । ‘वडा र किसानको साझेदारी कार्यक्रम’अन्तर्गत खेती प्रणालीमा आधुनिकीकरण प्रवर्द्धन तथा कृषि उत्पादन वृद्धि गर्ने लक्ष्यसहित विभिन्न कृषि सामग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ ।
वडाध्यक्ष खड्कबहादुर लावतीका अनुसार ३८ जना किसानलाई दुई इन्चको मोटर, ३५ जनालाई १.५ इन्चको मोटर, ३५ जनालाई ठेलागाडा तथा ३० जनालाई इलेक्ट्रोनिक स्प्रे ट्याङ्की वितरण गरिएको छ । त्यसैगरी, मकैखेती प्रवर्द्धनका लागि २० जनालाई मकै रोप्ने मेसिन, २० जनालाई मकै गोड्ने हलो तथा २१ जनालाई मकै छोडाउने मेसिन प्रदान गरिएको उनले बताए । पशुपालनमा संलग्न १६ जना किसानलाई घाँस काट्ने चाप कटरसमेत वितरण गरिएको छ ।
अध्यक्ष लावतीले कृषि क्षेत्रमा प्रविधिको प्रयोग बढाउँदै उत्पादन र उत्पादकत्व वृद्धि गर्ने लक्ष्यसहित कार्यक्रम सञ्चालन गरिएको बताए । उनले यस्ता कार्यक्रमले किसानको उत्पादन लागत घटाउन र व्यावसायिक खेती विस्तार गर्न सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण