मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
फोटोफिचर

ज्याकाराण्डाको मोहनी : तस्बिर र भिडियो खिच्नेको घुइँचो

शुक्रबार, ०१ जेठ २०८३, १७ : ००
शुक्रबार, ०१ जेठ २०८३

सारांश

  • काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा ज्याकाराण्डा फूल फुलेर राजधानीको सौन्दर्यमा निखार ल्याएको छ।
  • ललितपुरको थसिखेल र महालक्ष्मीस्थान क्षेत्रमा ज्याकाराण्डाका फूल हेर्न, तस्बिर र भिडियो खिच्न मानिसहरूको भीड लाग्ने गरेको छ।
  • सामाजिक सञ्जालमा ज्याकाराण्डा फूलका दृश्यहरू भाइरल भइरहेका छन् जसले उपत्यकाको वातावरण रोमान्टिक देखिएको छ।

काठमाडौँ । काठमाडौँ उपत्यकाका विभिन्न स्थान यतिबेला ज्याकाराण्डा फूलले ढकमक्क ढाकिएका छन्। 

वसन्त ऋतुको आगमनसँगै फुलेका बैजनी रङका यी आकर्षक फूलले राजधानीको सौन्दर्यमा थप निखार ल्याइदिएका छन्। विशेषगरी ललितपुरको थसिखेल र महालक्ष्मीस्थान क्षेत्रमा ज्याकाराण्डाका फूलहरू ढकमक्क फुलेका छन्।

Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season

यी मनमोहक फूलहरू हेर्न, तस्बिर खिच्न र भिडियो बनाउन यतिबेला मानिसहरूको ठुलो भीड लाग्ने गरेको छ। युवायुवतीदेखि परिवारसहित घुम्न निस्किएका मानिसहरू सडक किनारमा बैजनी रङमा सजिएका रुखमुनि बसेर फोटो खिच्न व्यस्त देखिन्छन्। 

Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-2

ज्याकाराण्डाको सुन्दरताले गर्दा यो क्षेत्र यतिबेला पर्यटकीय गन्तव्य जस्तै बनेको छ।

Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-3

सामाजिक सञ्जाल फेसबुक, टिकटक र इन्स्टाग्राममा समेत थासिखेल र महालक्ष्मीस्थान क्षेत्रका ज्याकाराण्डा फूलका दृश्यहरू व्यापक रूपमा भाइरल भइरहेका छन्। सडकभरी झरेका बैजनी फूलका पत्रदल र रुखमा झुप्पा परेर फुलेका फूलहरूले गर्दा उपत्यकाको वातावरण नै रोमान्टिक र आकर्षक देखिएको छ। 

Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-4

हरेक वर्ष वसन्त ऋतुमा फुल्ने यो फूलले काठमाडौंको सहरी व्यस्तताका बिच प्रकृतिसँग रमाउने अवसर जुराइदिएको छ।

Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-5Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-6Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-7 Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-8Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-9Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-10Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-11Subaas_Jacaranda Blossoms Blanket Streets of Lalitpur as Kathmandu Valley Enters Peak Bloom Season-12

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप