मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

'धुरन्धर-२' ले पाकिस्तानमा मच्चायो तहल्का, २४ घण्टामा २० करोड भ्युज,  सर्भर क्र्यास

शनिबार, ०२ जेठ २०८३, १२ : १९
शनिबार, ०२ जेठ २०८३

सारांश

  • रणवीर सिंहको फिल्म 'धुरन्धर-२' पाकिस्तानमा नेटफ्लिक्समा रिलिज भएपछि नम्बर १ मा ट्रेन्डिङ भएको दाबी गरिएको छ।
  • यो फिल्म रिलिज भएको २४ घण्टाभित्रै करिब २० करोड भ्युज पाएको र नेटफ्लिक्सको सर्भरसमेत क्र्यास भएको दाबी गरिएको छ।
  • पाकिस्तानमा 'धुरन्धर: द रिभेन्ज' शीर्षकमा रिलिज भएको यो फिल्म भारतमा नेटफ्लिक्समा स्ट्रिम गरिएको छैन।

इस्लामाबाद ।  रणवीर सिंहको फिल्म 'धुरन्धर-२' ले पाकिस्तानमा नयाँ रेकर्ड कायम गरेको दाबी गरिएको छ। पाकिस्तानी कन्टेन्ट क्रिएटर माविया उमर फारूकीका अनुसार, यो फिल्म नेटफ्लिक्समा रिलिज भएलगत्तै पाकिस्तानमा नम्बर १ मा ट्रेन्डिङ भइरहेको छ र अत्यधिक ट्राफिकका कारण नेटफ्लिक्सको सर्भरसमेत क्र्यास भएको छ।

'धुरन्धर' र 'धुरन्धर २' दुवै फिल्मलाई पाकिस्तानका सिनेमा हलहरूमा प्रदर्शन गर्न प्रतिबन्ध लगाइएको थियो। तर, मे १५ मा नेटफ्लिक्समा रिलिज भएपछि यसले ठूलो दर्शक संख्या पाएको छ। फारूकीले दाबी गरेअनुसार रिलिज भएको २४ घण्टाभित्रै फिल्मले करिब २० करोड भ्युज पाएको छ। यद्यपि, सर्भर क्र्यास भएको बारे नेटफ्लिक्सले आधिकारिक पुष्टि भने गरेको छैन।

क्रिएटर मावियाका अनुसार, फिल्मलाई लिएर दुष्प्रचारको आलोचना भए पनि पाकिस्तानी दर्शकहरूमा यो फिल्म हेर्ने तीव्र उत्सुकता थियो। दर्शकहरू रणवीर सिंहले आफ्नो भूमिका कसरी निभाएका छन् र फिल्ममा देखाइएको कराँचीको क्षेत्रको घटनाक्रम कति वास्तविक छ भन्ने कुरा जान्न चाहन्थे।

पाकिस्तानमा यो फिल्म 'धुरन्धर: द रिभेन्ज (रअ एण्ड अनदेखा)' शीर्षकमा रिलिज भएको छ। नेटफ्लिक्समा यसको ३ घण्टा ५२ मिनेट लामो 'अनकट भर्सन' उपलब्ध छ। यसमा करिब ३ मिनेटका त्यस्ता एक्सन दृश्यहरू र रअ फुटेजहरू समावेश छन्, जसलाई भारतका सिनेमा हलहरूमा प्रदर्शन गर्दा काटिएको थियो।

रोचक कुरा के छ भने, यो फिल्म अहिले पाकिस्तान र अन्य अन्तर्राष्ट्रिय देशहरूमा नेटफ्लिक्समा उपलब्ध छ, तर भारतमा भने नेटफ्लिक्समा स्ट्रिम गरिएको छैन। 

२० करोड भ्युजको दाबीका सन्दर्भमा यो स्पष्ट पारिएको छ कि एकै व्यक्तिले पटक(पटक फिल्म हेर्दा पनि भ्युज काउन्ट बढ्ने गर्दछ, त्यसैले यसको अर्थ २० करोड छुट्टाछुट्टै व्यक्तिले हेरेको भन्ने चाहिँ हुँदैन।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप