‘निवर्तमान गृहमन्त्री गुरुङको सम्पत्ति छानबिन गर्ने समितिले चोख्याउन लागेको त होइन’
सोमबार, ०४ जेठ २०८३, ११ : ४८
सारांश
- नेपाली कांग्रेसका सांसद अभिशेकप्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङले गृहमन्त्री भएको बेलामा सार्वजनिक गरेको सम्पत्ति अस्वाभाविक भएको भन्दै निष्पक्ष छानबिनको माग गरेका छन् ।
- सांसद शाहले गुरुङको सम्पत्ति छानबिनका लागि बनेको समिति निष्पक्ष हुनेमा प्रश्न र आशङ्का व्यक्त गरेका छन् ।
- उनले गुरुङको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय र पारदर्शी आयोग बनाउन माग गरेका छन् ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद अभिशेकप्रताप शाहले पूर्वगृहमन्त्री सुधन गुरुङले गृहमन्त्री भएको बेलामा सार्वजनिक गरेको सम्पत्ति अस्वाभाविक भएको भन्दै त्यसको निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै गुरुङको सम्पत्ति छानबिनका लागि समिति बनाएपछि त्यो समितिले गर्ने छानबिन निष्पक्ष हुनेमा प्रश्न र आशङ्का रहेको बताए ।
‘सरकारले गुरुङको छानबिनका लागि समिति त बनाएको छ । तर, त्यो समितिले निष्पक्ष र छानबिन गर्नेमा प्रश्न र आशङ्का छन्,’ सांसद शाहले भने, ‘छानबिन समिति कतै सरकारले चोख्याउनका लागि बनाएको छ होइन भन्ने प्रश्न पनि जनताले गरेका छन् ।’
उनले गुरुङको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय र पारदर्शी छानबिन गर्ने आयोग बनाउन पनि माग गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजनीति प्रतिशोधबाट माथि उठ्नुपर्छ, नेपाली भूमिमा पाइला टेक्दैछु : शेरबहादुर देउवा
-
क्रिकेटका सर्वोत्कृष्ट अलराउन्डर सर गारफिल्ड सोबर्स
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : दुई शिक्षकसहित तीन जना निलम्बन, थप शिक्षकमाथि अनुसन्धान हुँदै
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण