कालो नम्बर प्लेटमा सिन्डिकेट र भ्रष्टाचार भएको भन्दै पुनद्वारा छानबिनको माग
सारांश
- सांसद महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको बताएका छन्।
- उनले ट्याक्सी आयातमा भन्सार शुल्कबाहेक कालो प्लेटका लागि १५ लाख रुपैयाँ अवैध रूपमा असुल भइरहेको र यसमा सरकारी निकायको मिलेमतोको आशंका व्यक्त गरे।
- उनले बाँदर आतङ्क नियन्त्रणका लागि ठोस अनुसन्धान र प्रविधिको आवश्यकतामा जोड दिँदै सरकारले यसका लागि बजेट छुट्याउनुपर्ने बताए।
काठमाडौँ । प्रतिनिधि सभा सदस्य महावीर पुनले ट्याक्सीको कालो नम्बर प्लेट वितरणमा ठूलो आर्थिक चलखेल र भ्रष्टाचार भइरहेको बताएका छन्।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आकस्मिक समयमा बोल्दै सांसद पुनले ट्याक्सी व्यवसायी र मजदुरहरू चर्को शोषणमा परेको दाबी गरेका हुन्।
सांसद पुनले सरकारले ट्याक्सी आयातमा २५० देखि ३०० प्रतिशतसम्म भन्सार शुल्क लिने गरेको उल्लेख गर्दै थप १५ लाख रुपैयाँ ‘कालो प्लेट’का लागि अवैध रूपमा असुल भइरहेको बताए। यस विषयमा आफूले यातायात विभागका महानिर्देशकसँग समेत छलफल गरेको र यसमा प्रदेश सरकारदेखि विभागसम्मको मिलेमतो हुन सक्ने आशंका व्यक्त गर्दै तत्काल छानबिन गरी खारेज गर्न माग गरे।
उनले भने, ‘एउटा ट्याक्सी किन्न ३०–३५ लाख खर्चनुपर्छ, त्यसमाथि कालो प्लेट पाउन १५ लाख रुपैयाँ अतिरिक्त बुझाउनुपर्ने बाध्यता रहेछ, यो चरम सिन्डिकेट र भ्रष्टाचार हो ।’ एउटा ट्याक्सी चालकले १५ लाख रुपैयाँ उठाउन मात्रै करिब २५ महिना लाग्ने भन्दै उनले यस्तो व्यवस्थाले निम्न वर्गका श्रमिकको परिवार पाल्न कठिन भएको उल्लेख गरे।
यसैगरी, सांसद पुनले मुलुकभर टाउको दुखाइको विषय बनेको ‘बाँदर आतङ्क’ नियन्त्रणका लागि केवल संसद्मा आवाज उठाएर मात्र समाधान नहुने धारणा राखे। उनले यसका लागि ठोस अनुसन्धान र प्रविधिको आवश्यकता रहेकोमा जोड दिए।
उनले भने, ‘मैले सात वर्षदेखि यो विषय उठाउँदै आएको छु र राष्ट्रिय आविष्कार केन्द्रमार्फत ५०–६० लाख रुपैयाँ खर्च गरेर अनुसन्धानको प्रयास पनि गरिएको छ, संसारभर बाँदर भगाउने ठोस प्रविधि अहिलेसम्म पत्ता लागेको छैन, यो समस्या समाधान गर्न सरकारले २ देखि ७ करोड रुपैयाँसम्मको अनुसन्धान बजेट छुट्याउनुपर्छ ।’
सरकारले बाँदर आतङ्क नियन्त्रणका लागि एउटा विज्ञ टोली गठन गर्न लागेको जानकारी पाउँदा आफू उत्साहित भएको बताउँदै उनले उक्त टोलीमा रहेर काम गर्न आफू इच्छुक रहेको समेत जानकारी गराए। बाँदर निकै बुद्धिमान जनावर भएकाले यसको व्यवहार र नियन्त्रणका उपायबारे गहन वैज्ञानिक अनुसन्धानविना समस्या समाधान नहुने उनको तर्क थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण