८० किलो अवैध क्रिस्टल जस्तो देखिने वस्तुसहित एक जना पक्राउ
सारांश
- धादिङको रूवी भ्याली गाउँपालिकाबाट प्रहरीले करिब ८० किलोग्राम अवैध क्रिस्टल जस्तो देखिने चिजवस्तुसहित एक जनालाई पक्राउ गरेको छ ।
- विशेष सूचनाको आधारमा प्रहरीले ४ वटा बोरामा लुकाएर राखेको अवस्थामा उक्त परिमाणको चिजवस्तु फेला पारेको हो ।
- बरामद गरिएको वस्तु बहुमूल्य पत्थर वा वन पैदावारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ ।
धादिङ । धादिङको रूवी भ्याली गाउँपालिकाबाट प्रहरीले करिब ८० किलोग्राम अवैध क्रिस्टल जस्तो देखिने चिजवस्तुसहित एक जनालाई पक्राउ गरेको छ ।
रूवी भ्याली गाउँपालिका-३ सेक्टर चौताराबाट सोही गाउँपालिकाका ३५ वर्षीय फुन्चो तामाङलाई बुधबार प्रहरीले नियन्त्रणमा लिएको हो ।
उक्त स्थानमा अवैध रूपमा क्रिस्टल जस्तो देखिने वस्तुको ओसारपसार भइरहेको छ भन्ने विशेष सूचना प्रहरीले पाएको थियो । सोही सूचनाको आधारमा प्रहरी चौकी सेर्तुङबाट खटिएको टोलीले जाँच गर्ने क्रममा ४ वटा बोरामा लुकाएर राखिएको अवस्थामा उक्त परिमाणको चिजवस्तु फेला पारेको हो । अवैध वस्तु बरामद भएसँगै ओसारपसारमा संलग्न तामाङलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको छ ।
प्रहरीले बरामद गरेको उक्त क्रिस्टल जस्तो देखिने वस्तु बहुमूल्य पत्थर वा वन पैदावारसँग सम्बन्धित हुन सक्ने आशंका गरिएको छ । पक्राउ परेका तामाङलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि डिभिजन वन कार्यालय धादिङ पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: प्रश्नबाट भाग्दै सरकार, पूर्व प्रदेश प्रमुख बलात्कार मुद्दामा दोषी ठहर
-
फाइनल प्रवेशका लागि स्पेन र फ्रान्सको महाभिडन्त, यस्तो छ दुवै टोलीको सुरुवाती ११
-
साझेदारी वन, विवाद र उजुरीका अखडा बन्दै
-
विश्वकप जिताउने प्रशिक्षकहरूको विरासतको गाथा
-
पेरुका पूर्वराष्ट्रपति टोलेडोले सरकारसँग भने– मानवीय आधारमा माफी दिनुहाेस्
-
गण्डकीका सबै जिल्ला पूर्ण खोप सुनिश्चिता घाेषित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण