हुम्ला-बाजुरा सीमा विवादपछि बन्द कर्णाली करिडोर खुल्यो
शुक्रबार, ०८ जेठ २०८३, १४ : ०३
सारांश
- हुम्ला र बाजुराको सीमा विवादका कारण बन्द भएको कर्णाली करिडोर तत्कालका लागि खोलिएको छ ।
- प्रहरी प्रशासनसँग ५ बुँदे मागमा सहमति भएपछि यातायात सञ्चालनमा आएको हो ।
- माग पूरा नभएमा २४ घण्टाभित्र पुनः आन्दोलन र अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी दिइएको छ ।
सुर्खेत । हुम्ला बाजुरा सीमा विवादपछि बन्द भएको कर्णाली करिडोर तत्कालका लागि खुलेको छ । विभिन्न ५ वटा मागमा प्रहरी प्रशासनसँग सहमति भएपछि करिडोर खुलेको हो ।
स्थानीय हिमाली युवा क्लब, गाउँपालिका, राजनीतिक दलका प्रतिनिधि र प्रहरी प्रशासनबिच सहमति भएपछि यातायात सञ्चालन भएको हो ।
सम्झौतापत्रमा २४ घण्टाभित्र ५ वटा मागका विषयमा कानुनी प्रक्रियामा नगए फेरि आन्दोलन तथा अनिश्चितकालीन यातायात बन्द गर्ने चेतावनी समेत उल्लेख छ ।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी तथा प्रहरी निरीक्षक गगनसिंह भाटले १२ बजेतिर यातायात सञ्चालनमा आएको रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पहिलो हाफमा १-१ को रोमान्चक बराबरी, स्पेनको अभेध्य रक्षापङ्क्ति तोड्दै बेल्जियमको पुनरागमन
-
स्पेनको 'क्लिन सिट' यात्रामा लाग्यो पूर्णविराम
-
बेल्जियम विरुद्ध स्पेनको सुरुवाती अग्रता, ३०औँ मिनेटमा फाबियन रुइजको गोल
-
हनुमन्ते खोलामा बाढीको बहाव बढ्दोः बिहानसम्म सतर्क रहन मौसम विभागको आग्रह
-
स्पेन र बेल्जियमबिचको बहुप्रतीक्षित क्वार्टरफाइनल खेल सुरु
-
सेमिफाइनल यात्राका लागि स्पेन र बेल्जियम भिड्दै, यस्तो छ दुवै टोलीको सुरुवाती ११
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण