जनावरको भाषा बुझाउने चिनियाँ उपकरणको चर्चा, ९५ प्रतिशत मिल्ने दाबी
सारांश
- मेङ सियाओयी नामक कम्पनीले जनावरको आवाज, भावना र व्यवहारजन्य भाषा ९५ प्रतिशत शुद्धताका साथ पहिचान गर्ने दाबीसहित पेट ट्रान्सलेटर उपकरण बजारमा ल्याएको छ।
- यो उपकरणको प्रि-अर्डर खुला गरिएसँगै १० हजारभन्दा बढी युनिट बुकिङ भइसकेको छ, तर यसको शुद्धता प्रमाणित गर्ने आधिकारिक तथ्याङ्क नहुँदा चिनियाँ सामाजिक सञ्जालमा यसले विवाद निम्त्याएको छ।
- अलिबाबा क्लाउडको प्रविधिमा आधारित यो उपकरणको शुद्धतामा शंका व्यक्त गरिएको छ, विशेषगरी कम्पनी भर्खरै स्थापना भएको र यसका दाबीहरूलाई प्रमाणित गर्ने कुनै अध्ययन प्रस्तुत नभएको कारणले।
काठमाडाैँ । घरपालुवा जनावरको आवाज बुझाउने अधिकांश व्यावसायिक पेट ट्रान्सलेटर एपहरू मनोरञ्जनका लागि मात्र बनाइएका हुन्छन्। तर, हाङ्झाउस्थित प्रविधि सम्बन्धी स्टार्टअप कम्पनी मेङ सियाओयीले आफ्नो नयाँ पेट ट्रान्सलेटर भने वास्तविक र भरपर्दो भएको दाबी गरेको छ।
जनावरको घाँटीमा यो उपकरण बाँधिदिएपछि यसले उनीहरूको आवाज, भावना र व्यवहारजन्य भाषालाई झण्डै ९५ प्रतिशतको सङ्केत शुद्धताका साथ पहिचान गर्न सक्ने दाबी गरिएको छ।
मेङ सियाओयीले यसै महिनाको सुरुवातमै आफ्नो आर्टिफिसियल इन्टेलिजेन्स (एआई) युक्त पेट ट्रान्सलेटरको प्रि–अर्डर खुला गरेको थियो। आफ्ना प्यारा जनावरहरूसँग कुराकानी गर्न उत्सुक घरपालुवा जनावरका मालिकहरूले यसका १० हजारभन्दा बढी युनिट बुकिङ गरिसकेको कम्पनीले घोषणा गरेको छ।
७९९ युआन (करिब ११८ अमेरिकी डलर) मूल्य तोकिएको यस उपकरणले चिनियाँ सामाजिक सञ्जालमा भने केही विवाद निम्त्याएको छ। कतिपयले यसलाई सही पेट ट्रान्सलेटर भन्नुको सट्टा मानिसको बुद्धिको परीक्षा को संज्ञा दिएका छन्।
इन्टरनेटमा यस उपकरणप्रति शङ्का व्यक्त गरिनुको मुख्य कारण कम्पनीको ठुलो दाबीलाई प्रमाणित गर्ने कुनै वास्तविक तथ्याङ्क नहुनु हो। बिरालो म्याऊँ गरेका र कुकुर भुकेका भिडियोहरूलाई रङ्गीचङ्गी बबलको प्रयोग गरी मानिसको भाषामा अनुवाद गरिएका भिडियोहरू सार्वजनिक गर्नु बाहेक मेङ सियाओयीले आफ्नो नयाँ उपकरणको शुद्धता पुष्टि गर्ने कुनै आधिकारिक डाटा सार्वजनिक गरेको छैन।
मेङ सियाओयीका अनुसार यो एआई ट्रान्सलेटर अलिबाबा क्लाउडको ‘तोङ्यी छियानवेन’ (क्यूवेन) लार्ज–स्केल मोडल प्रविधिमा आधारित भएर निर्माण गरिएको हो। यसले घरपालुवा जनावरको व्यवहार र भाषाका लाखौँ भ्वाइसप्रिन्ट डाटा पोइन्टहरू संकलन गरेको छ, जसले गर्दा यसले जनावरको आवाज, भावना र व्यवहारलाई उच्च शुद्धताका साथ पहिचान गर्न सक्छ। तर, कम्पनीले यी दाबीहरूलाई प्रमाणित गर्ने खालका कुनै परीक्षण वा अध्ययनहरू भने प्रस्तुत गर्न सकेको छैन।
यस विषयलाई थप शङ्कास्पद बनाउने गरी चिनियाँ सञ्चारमाध्यमहरूले मेङ सियाओयी कम्पनी यसै वर्षको जनवरीमा मात्र स्थापना भएको खुलासा गरेका छन्, जसले गर्दा आलोचकहरू झन् बढी सशङ्कित बनेका छन्। यो एआई ट्रान्सलेटरले बजारबाट छोटो समयमै १० लाख डलरको सुरुवाती लगानी जुटाउन सफल भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छात्रामाथि दुर्व्यवहार प्रकरण : थप एक जना शिक्षक पक्राउ
-
प्रदीप अधिकारीविरूद्ध अर्को मुद्दा दायर
-
शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालनमा रोक
-
पूर्वअर्थमन्त्री महतको भ्रष्टाचार मुद्दा मुल्तबीमा राख्न विशेष अदालतले किन गर्यो अस्वीकार ?
-
पक्राउ परे कालिकामाई गाउँपालिका–३ का वडाध्यक्ष पटेल
-
स्थानीय तहसम्बन्धी गुनासा मुख्यसचिवबाट सम्बोधन गरिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण