बुधबार, ०६ साउन २०८३
ताजा लोकप्रिय
सचिवालय बैठक

सरकारका गलत कामविरूद्ध एमालेले ‘भण्डाफोर अभियान’ चलाउने

आइतबार, १० जेठ २०८३, २१ : २१
आइतबार, १० जेठ २०८३

सारांश

  • नेकपा एमालेले सरकारका गलत कामकारबाहीविरुद्ध देशव्यापी भण्डाफोर अभियान सञ्चालन गर्ने निर्णय गरेको छ ।
  • आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गरेको हो ।
  • एमालेले मुलुकमा बढ्दै गएको महँगी, दलित समुदायमाथिको हिंसा र सरकारले ल्याउन लागेको अध्यादेशको समेत कडा शब्दमा भर्त्सना गरेको छ ।

काठमाडौँ । नेकपा एमालेले सरकारका गलत कामकारबाहीविरुद्ध भण्डाफोर अभियान’  सञ्चालन गर्ने निर्णय गरेको छ । आइतबार अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा सम्पन्न सचिवालय बैठकले उक्त निर्णय गरेको हो । 

सरकारका गलत कामकारबाहीका विरुद्ध अब पार्टीले देशव्यापी रूपमा भण्डाफोर अभियान सञ्चालन गर्ने उपमहासचिव लेखराज भट्टले बताए । 

एमालेले पछिल्लो समय मुलुकमा बढ्दै गएको महँगी, दलित समुदायमाथिको हिंसा र सरकारले ल्याउन लागेको अध्यादेशको समेत कडा शब्दमा भर्त्सना गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप