मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
आईपीएल

दिल्ली क्यापिटल्सद्वारा कोलकाता ४० रनले पराजित

आइतबार, १० जेठ २०८३, २३ : ५६
आइतबार, १० जेठ २०८३

सारांश

  • इन्डियन प्रिमियर लिगमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ ।
  • टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रन बनायो, जसमा केएल राहुलले ६० रनको योगदान दिए ।
  • २०४ रनको लक्ष्य पछ्याएको कोलकाता १९.४ ओभरमा १६३ रनमा समेटियो, जसमा अजिंक्य रहाणेले ६३ रनको अर्धशतकीय पारी खेले ।

काठमाडौँ । इन्डियन प्रिमियर लिग अन्तर्गत आइतबार भएकको खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई ४० रनले पराजित गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको दिल्ली क्यापिटल्सले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०३ रनको विशाल योगफल तयार पारेको थियो। दिल्लीका लागि केएल राहुलले ३० बलमा ६० रनको विष्फोटक इनिङ खेले। त्यस्तै अक्षर पटेलले ३९ र डेभिड मिलरले २८ रनको योगदान दिए। बलिङतर्फ कोलकाताका सौरभ दुबेले २ विकेट लिए भने अनुकुल रोय र वरुण चक्रवर्तीले १–१ विकेट झारे ।

२०४ रनको लक्ष्य पछ्याएको कोलकाता नाइट राइडर्स १८।४ ओभरमा १६३ रनमा समेटियो । कोलकाताका लागि अजिंक्य रहाणेले ३९ बलमा ६३ रनको अर्धशतकीय पारी खेले पनि टोलीलाई जित दिलाउन सकेनन् । रोभमन पावेलले २९ र मनिष पाण्डेले २५ रन जोडे ।

दिल्लीलाई जित दिलाउन बलिङतर्फ लुङ्गी एनगिडी र कुलदीप यादवले घातक बलिङ गर्दै समान ३–३ विकेट लिए। मिचेल स्टार्कले २ विकेट हात पारे ।

यसअघि आइतबार भएको खेलमा मुम्बई इन्डियन्सलाई पराजित गर्दै राजस्थान रोयल्स प्लेअफमा पुगिसकेको छ। प्लेअफ अन्तर्गत एलिमिनेटरमा अब राजस्थानले हैदराबादको सामना गर्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप