बुधबार, ३१ असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

शेरबहादुर देउवाको पक्राउ पुर्जी विरुद्धको रिटमा सुनुवाइ हुँदै

सोमबार, ११ जेठ २०८३, १० : ५९
सोमबार, ११ जेठ २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको पक्राउ पुर्जीविरुद्धको रिटमा सर्वोच्च अदालतमा सुनुवाइ हुन लागेको छ ।
  • सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले देउवा विरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।
  • देउवाले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको र काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नभएको जिकिर गरेका छन् ।

काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो पक्राउ पुर्जीविरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा सुनुवाइका लागि पेसी तोकिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासमा सुनुवाइ हुँदैछ ।

यसअघि न्यायाधीश मेघराज पोखरेलको इजलासले देउवाले दायर गरेको रिटमा सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्ने र नगर्ने विषयमा छलफलका लागि झिकाउन आदेश दिएको थियो ।

देउवा विरुद्ध सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको छ। सर्वोच्चमा उनले उक्त मुद्दा हेर्ने क्षेत्राधिकार विशेष अदालतको भएको उल्लेख गरेका छन् । 

त्यस्तै, काठमाडौँ जिल्ला अदालतसँग क्षेत्राधिकार नै नभए पनि पुर्जी जारी भएको रिटमा उल्लेख गरेका छन् । देउवाले अनुसन्धानमा सहयोग गर्न मन्जुर भएको, सम्पत्तिको स्रोत देखाउन तयार रहेको र पक्राउ गर्नुपर्ने अवस्था नरहेको जिकिर गरेका छन् ।

देउवा दम्पती पछिल्लो समय हङकङ गएका थिए। उनी त्यहाँबाट काठमाडौँ फर्किएका छैनन् । उनी विरुद्ध विभागले रेड कर्नर नोटिस जारी गर्न प्रक्रिया थालेको थियो। तर इन्टरपोलले रेड कर्नर नोटिस जारी गरेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप