शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
मधेस सरकार

नेकपालाई अर्थ मन्त्रालय दिने सहमतिसँगै मधेसमा मन्त्रिपरिषद् विस्तार हुने

सोमबार, ११ जेठ २०८३, १९ : ४१
सोमबार, ११ जेठ २०८३

सारांश

  • मधेस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) लाई अर्थ मन्त्रालय दिने सहमति भएको छ।
  • यसअघि अर्थ मन्त्रालय नेकपा एमालेलाई दिने बताइएको थियो।
  • यससँगै मंगलबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम तय भएको छ।

काठमाडौँ । मधेस प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी(नेकपा)लाई अर्थ मन्त्रालय दिने सहमति भएको छ।

यसअघि अर्थ मन्त्रालय नेकपा एमालेलाई दिने बताइएको थियो । तर अन्तिम समयमा नेकपालाई दिने सहमति भएको हो । 

भोलि दिउँसोसम्म मन्त्रिपरिषद् विस्तार हुने नेकपा एमाले संसदीय दलका नेता सरोज यादवले बताए । 

एमालेलाई तीन मन्त्रालय दिइँदा नेकपालाई एउटा (अर्थ मन्त्रालय) दिइएको छ।  

यससँगै मंगलबार दिउँसो २ बजे शपथ ग्रहण कार्यक्रम छ। 

सरकारलाई समर्थन गरेका जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनमत पार्टी बाहिरिएपछि मुख्यमन्त्री यादवले नेकपा एमाले, नेपाली कांग्रेस र नेपाली कम्युनिस्ट पार्टीको समर्थनमा जेठ ८ गते विश्वासको मत पाएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप