धनुषाका विभिन्न स्थानबाट १४ लाखको अवैध सामान बरामद
सारांश
- सशस्त्र प्रहरीले धनुषाबाट १४ लाखको अवैध सामान बरामद गरेको छ ।
- सीमावर्ती क्षेत्रमा विशेष निगरानी अभियान चलाउँदा सामान फेला परेका हुन् ।
- सामान आवश्यक कारबाहीका लागि भन्सार कार्यालयमा बुझाइनेछ ।
धनुषा । सशस्त्र प्रहरी बलले धनुषाका विभिन्न स्थानबाट रु १४ लाख बराबरको अवैध सामान बरामद गरेको छ ।
सशस्त्र प्रहरी उपरीक्षक भीम विष्टका अनुसार जिल्लाका सीमावर्ती तथा विभिन्न क्षेत्रमा सञ्चालन गरिएको विशेष निगरानी तथा जाँच अभियानका क्रममा सो सरसामान बरामद गरिएको हो । बरामद गरिएका सामग्रीमा कपडाजन्य वस्तु, किराना सामान तथा अन्य दैनिक उपभोग्य सामग्री रहेको जानकारी दिए ।
भारतबाट भन्सार छली गरी नेपाल भित्र्याइएको आशङ्कामा ती सामग्री नियन्त्रणमा लिइएको सशस्त्र प्रहरीले जनाएको छ । सशस्त्र प्रहरी र सम्बन्धित निकायको संयुक्त टोलीले विभिन्न स्थानमा छापा तथा निगरानी बढाएपछि अवैध रूपमा भित्र्याइएका सामग्री फेला परेको जनाइएको छ । बरामद गरिएका सामान आवश्यक कारबाही तथा राजस्व अनुसन्धानका लागि सम्बन्धित भन्सार कार्यालयमा बुझाइने सशस्त्र प्रहरी उपरीक्षक विष्टले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तिलोत्तमा र पाल्पा बल्ड्याङ्गदी क्षेत्रमा भारी वर्षा: सतर्कता अपनाउन विभागको अनुरोध
-
६० वर्षपछि विश्वकपमा स्पेन र अर्जेन्टिना: उपाधिका लागि ऐतिहासिक भिडन्त सुरु
-
विश्वकप फाइनल: ओप्टा सुपरकम्प्युटरको भविष्यवाणीमा कसको सम्भावना कति ?
-
विश्वकप फाइनल: स्पेनको टिम यथावत्, अर्जेन्टिनाको सुरुवाती ११ मा तीन परिवर्तन
-
१२ बजे १२ समाचार: पक्राउमा हतारो, अदालतमा ‘प्रमाण अभाव’देखि ९५ जनप्रतिनिधिका पद रिक्तसम्म
-
कास्कीमा एक महिनामा ६६ फरार प्रतिवादी पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण