सुर्तीजन्य पदार्थमा करको दर बढाउन सांसद बरालको माग
सारांश
- नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थको सेवन नियन्त्रण गर्न करको दर बढाउन सरकारसँग माग गरेका छन्।
- उनले नेपालमा सुर्तीजन्य पदार्थ सेवनबाट ८५ लाखभन्दा बढी नागरिक प्रभावित भएको र वार्षिक करिब ३९ हजारको मृत्यु हुने गरेको तथ्यांक प्रस्तुत गरे।
- सांसद बरालले भारत र बंगलादेशको तुलनामा नेपालमा सुर्तीजन्य पदार्थमा करको दर कम रहेको भन्दै यसलाई बढाउनुपर्ने बताए।
काठमाडौँ । प्रतिपक्ष दल नेकपा (एमाले) का सांसद गुरुप्रसाद बरालले सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गर्न सरकारसँग माग गरेका छन्।
नेपालमा सुर्तीजन्य पदार्थको सेवनबाट आक्रान्त भएका मानिसहरूको सङ्ख्या बढ्दै गएको उल्लेख गर्दै उनले त्यसलाई नियन्त्रण गर्नका लागि सरकारले करको दर बढाउनुपर्ने बताएका हुन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा शून्य समय लिएर बोल्दै सांसद बरालले भारत र बंगलादेशमा पनि त्यस्ता वस्तुको करको दरमा व्यापक वृद्धि गरिएको उल्लेख गर्दै नेपालले पनि कर बढाउन आवश्यक रहेको तर्क गरे।
बैठकमा बोल्दै सांसद बरालले भने, ‘सुर्तीजन्य पदार्थबाट आक्रान्त भएका जनता नेपालमा ८५ लाखभन्दा बढी छन्। १४ देखि २४ वर्ष उमेर समूहका स्कुल र कलेजमा पढिरहेका युवा विद्यार्थीहरू मात्रै करिब ८ लाख यो लतमा फसेका छन् सभामुख महोदय। करिब ३९ हजार नागरिकहरू सुर्तीजन्य पदार्थबाट वार्षिक मृत्युवरण गरिरहेका छन्। यसलाई न्यूनीकरण गर्ने अन्तर्राष्ट्रिय अभ्यासलाई हेर्दा सुर्तीजन्य पदार्थको करको दर वृद्धि गरी नियन्त्रण गराउनुपर्ने देखिन्छ। डब्लूएचओले कर वृद्धि गरेर भए पनि सुर्तीजन्य वस्तुको सेवन नियन्त्रण गर्न अनुरोध गरेको छ। भारतमा ५८ र बंगलादेशमा ७३ प्रतिशत यो कर लाग्ने गरेको छ। नेपालमा भने मात्रै ४० प्रतिशत छ। त्यस अर्थमा यसलाई नियन्त्रण गर्न सुर्तीजन्य पदार्थमा करको दर वृद्धि गरियोस्।’
सांसद बरालले सरकारले सुर्तीजन्य पदार्थको सेवनलाई नियन्त्रण गर्न करको दर बढाउने कुरा नै सबैभन्दा प्रभावकारी कदम हुने समेत स्पष्ट पारेका छन्।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित
-
‘गडजिल्ला भर्सेस कङ’ अभिनेत्री केली हटलको कार दुर्घटनामा निधन
-
झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न
-
उच्च अदालत सुर्खेत: जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च
-
प्रधानमन्त्री निवास घेराउ गर्न खोज्दा पक्राउ परेका राहुल गान्धी रिहा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण