मङ्गलबार, ३० असार २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

निर्वाचनको मुखमा रास्वपा छोडेका दुई नेतृलाई कांग्रेसले दियो जिम्मेवारी

बुधबार, १३ जेठ २०८३, ११ : ३८
बुधबार, १३ जेठ २०८३

सारांश

  • नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर पार्टी प्रवेश गरेका दुई नेतृलाई जिम्मेवारी दिएको छ ।
  • ममता शर्मालाई कांग्रेस केन्द्रीय सदस्य र उर्मिला भुर्तेललाई महिला संघको केन्द्रीय सदस्य मनोनीत गरिएको हो ।
  • शर्मा रास्वपाको मधेस प्रदेशकी संस्थापक अध्यक्ष थिइन् भने भुर्तेल संस्थापक सदस्य र गत निर्वाचनमा मधेस प्रदेशबाट प्रत्यक्षतर्फकी उम्मेदवार थिइन् ।

काठमाडौँ । प्रतिनिधि सभा निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) त्यागेर पार्टी प्रवेश गरेका दुई नेतृलाई कांग्रेसले जिम्मेवारी दिएको छ । कांग्रेसले रास्वपा त्यागेर पार्टी प्रवेश गरेकी ममता शर्मालाई पार्टी केन्द्रीय सदस्य र उर्मिला भुर्तेललाई महिला संघको केन्द्रीय सदस्य मनोनीत गरिएको हो ।

कांग्रेस सभापति गगन थापाले मंगलबार शर्मालाई केन्द्रीय सदस्य मनोनीत गरेका थिए। ‘राष्ट्रिय स्वतन्त्र पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नु भएका ममता शर्मा (बारा) लाई नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ४ को उपधारा (१०) (ङ) मा व्यवस्था भए बमोजिम नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,’ पार्टी केन्द्रीय कार्यालयका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले विज्ञप्तिमार्फत जानकारी दिएका छन् ।

शर्मा रास्वपाको मधेस प्रदेशकी संस्थापक अध्यक्ष पनि हुन् । 

मंगलबार नै भुर्तेललाई महिला संघकी अध्यक्ष मिनाकुमारी खरेलले संघको केन्द्रीय सदस्य मनोनीत गरेकी छन् । खरेलले ७० केन्द्रीय सदस्य मनोनीत गर्दा भुर्तेललाई  १९ नम्बरमा केन्द्रीय सदस्यमा मनोनीत गरेकी हुन् । उनी राष्ट्रिय स्वतन्त्र पार्टीकी संस्थापक सदस्य थिइन् । उनी २०७९ को प्रतिनिधि सभा निर्वाचनमा मधेस प्रदेशबाट एक्लो प्रत्यक्षतर्फकी उम्मेदवार पनि थिइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप