नेपालमा केका लागि आउँछन् पर्यटक ? सर्वेक्षणले देखायो यस्तो
सारांश
- आर्थिक सर्वेक्षण २०८२/८३ अनुसार नेपाल आउने पर्यटकहरूको मुख्य रोजाइ मनोरञ्जन र सांस्कृतिक यात्रा हो ।
- सर्वेक्षणले कुल पर्यटक मध्ये ६०.२ प्रतिशत मनोरञ्जन, १४.४ प्रतिशत तीर्थयात्रा र १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि आएको देखाएको छ ।
- पर्यटकीय पूर्वाधार र सेवामा बागमती प्रदेश ३६.७ प्रतिशत हिस्सासहित अगाडि छ भने कर्णाली प्रदेश ४.२ प्रतिशतमा सीमित छ ।
काठमाडौँ । आर्थिक सर्वेक्षण २०८२/८३ ले नेपालमा पर्यटकहरूको रोजाइबारे तथ्याङ्क सार्वजनिक गरेको छ । सर्वेक्षण अनुसार नेपाल आउने पर्यटकहरूको मुख्य रोजाइ मनोरञ्जन र सांस्कृतिक यात्रा नै रहेको पाइएको छ ।
कुल पर्यटकमध्ये सबैभन्दा बढी ६०.२ प्रतिशत मनोरञ्जनका लागि, १४.४ प्रतिशत तीर्थयात्राका लागि र १४.२ प्रतिशत पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल आएका छन् । बाँकी ११.२ प्रतिशत पर्यटकहरू व्यापार र अध्ययन जस्ता अन्य विविध उद्देश्यले भित्रिएका हुन् ।
सन् २०२५ मा मात्रै २ हजार ५ सय ९० पर्वतारोहण दलका ९ हजार ८ सय २० पर्वतारोहीहरूले हिमाल आरोहण गरेका छन्, जसबाट सरकारले १ अर्ब २६ करोड २६ लाख रुपैयाँ रोयल्टी सङ्कलन गरेको छ ।
हवाई सेवामा के छ अवस्था ?
हवाई सेवातर्फ हाल नेपालमा ५ नेपाली र २७ विदेशी गरी कुल ३२ अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीहरूले उडान भर्दै आएका छन् भने मुलुकभर ३५ वटा विमानस्थलहरू सञ्चालनमा रहेका छन् । नेपालले हालसम्म ४२ देशसँग द्विपक्षीय हवाई सेवा सम्झौता गरिसकेको छ ।
पर्यटकीय पूर्वाधार र सेवाको प्रादेशिक वितरण हेर्दा बागमती प्रदेश ३६.७ प्रतिशत हिस्साका साथ सबैभन्दा अगाडि देखिएको छ भने कर्णाली प्रदेश ४.२ प्रतिशत हिस्सामा मात्र सीमित रहेको देखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हिँडेरै मैदानमा तहल्का मच्चाउँदै आधुनिक फुटबलका राजा
-
अनलाइन सट्टाबाजी गर्ने ४ जना पक्राउ, २ करोडभन्दा बढीको कारोबार
-
बलात्कार मुद्दामा ७ वर्ष कैद सजायको फैसला भएको फरार प्रतिवादी पक्राउ
-
राष्ट्रिय सूचना प्रविधि केन्द्रका तत्कालीन कार्यकारी निर्देशक पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर
-
विभिन्न परिषद्, अस्पताल र बोर्डका पदाधिकारी नियुक्तिका लागि संक्षिप्त सूची सार्वजनिक
-
नेपाल पर्यटन बोर्डमा निजी क्षेत्रबाट पाँच बोर्ड सदस्य नियुक्त
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण