मङ्गलबार, ०५ साउन २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

पूर्वप्रधानमन्त्री नेपाल स्वदेश फिर्ता

बिहीबार, १४ जेठ २०८३, २३ : १९
बिहीबार, १४ जेठ २०८३

सारांश

  • पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तरराष्ट्रिय कम्युनिष्ट सम्मेलनमा भाग लिएर स्वदेश फर्किएका छन्।
  • उनले सम्मेलनमा कम्युनिष्ट सिद्धान्तको लोकप्रियता र चुनौतीबारे सम्बोधन गरे।
  • नेपालले रसियन कम्युनिष्ट पार्टीका शीर्ष नेताहरूसँग भेटवार्ता गरे।

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा भाग लिएर आज स्वदेश फिर्ता भएका छन् ।

रसियन कम्युनिस्ट पार्टीको निमन्त्रणामा पूर्वप्रधानमन्त्री नेपाल अन्तर्राष्ट्रिय कम्युनिस्ट सम्मेलनमा सहभागी भएर आज स्वदेश फर्किएका हुन् । उनी यही जेठ ९ गते त्यसतर्फ प्रस्थान गरेका थिए । सम्मेलनमा नेपालको प्रतिनिधित्व गर्दै उनले विश्व परिवेशमा कम्युनिस्ट सिद्धान्तको लोकप्रियता तथा त्यसका चुनौतीबारे सम्बोधन गरेका थिए ।

रसियन कम्युनिस्ट पार्टीका महासचिव गेन्नाडी जुहानोभलगायत शीर्ष नेताहरूसँगको भेटवार्तामा दुई देशबिचको मैत्री सम्बन्ध, आर्थिक विकास, आपसी हितका विषयमा छलफल गरेको पूर्वप्रधानमन्त्री नेपालका स्वकीय सचिव मोहन गौतमले जानकारी दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पार्टीका शीर्ष नेता तथा कार्यकर्ताले उनलाई स्वागत गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप